काठमाडौँ । पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८०१ पीसीआर परीक्षणमा ७७ र दुई हजार ५२७ एन्टिजेन परीक्षणमा ३५ जना गरी ११२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने, ४२९ जना संक्रमणमुक्त भएका छन् ।