९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्खुवासभा दुर्घटना : चौध जनाको सनाखत, घाइतेलाई लगियो धरान

अ+ अ-

किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिका–६ मा बस दुर्घटनामा मृत्यु हुने १४ जनाकै सनाखत भएको छ । मादी–६ स्थित सात घुम्तीमा भएको बस दुर्घटनाका मृतक सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ताप्लेजुङका ३१ वर्षीय समीक्षा योञ्जन र उनका छोरा आठ वर्षीय सुदीप घिसिङ, मादी–६ की ३० वर्षीया सीता विक रहेका छन् । सो घटनामा मादी–६ का ३८ वर्षीय इन्द्र अधिकारी, ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटुवालकी छोरी पाँच वर्षीया दीक्षा कटुवाल, मादी–५ का ४८ वर्षीय दीपककुमार दाहाल, ५५ वर्षीय श्याम शेर्पा, ४९ वर्षीय भवानीप्रसाद दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

त्यसै गरी मादी–४ का ३८ वर्षीय आइतबहादुर तामाङ, २८ वर्षीया सविता कार्की, सहचालक उमेश भट्टराई, तेह्रथुमको औँशीडाँडाका सवारी चालक विपिन निरौला र मादी–४ का ६० वर्षीय बलबहादुर कार्कीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।

उनीहरू १४ जनाकै घटनास्थलमै मृत्यु भएको थियो । आज बिहान साढे ७ बजे मादीको ओखर बोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । बस मादी–६ को सात घुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण मादीमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई थप उपचारका लागि धरान लगियो

बस दुर्घटनाका घाइते पाँच जनालाई हेलिकप्टरबाट थप उपचारका लागि धरान लगिएको छ । घाइते पाँच जनालाई नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।

घाइते डम्बरबहादुर कार्की, करिष्मा तामाङ, तुलसा कटुवाल, सुवास तामाङ र युवा पोख्रेललाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि धरान लगिएको छ ।

प्रतिक्रिया दिनुहोस