८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एमसीसी टेन्डर खुल्दैछ, त्यता पनि हिम्मत गरे हुन्छ’ : प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेन्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

आज (शुक्रबार) काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासङ्घको २३औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेन्डर हुने भएकाले नेपालले पनि भाग लिन सक्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले नेपालका निर्माण व्यवसायीलाई एमसीसीको अन्तर्राष्ट्रिय टेन्डरमा भाग लिन हिम्मत गर्न आग्रह गरे । अमेरिकी कानुनले एमसीसीलाई अन्तर्राष्ट्रियस्तरमा टेन्डर गर्नुपर्ने अवस्था रहेकाले यसमा जुनसुकै देशले प्रतिस्पर्धा गर्न सक्ने बताए ।

‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, ग्लोबल टेन्डर हुन्छ, नेपालकाले पनि हिम्मत गरे हुन्छ, एमसीसीको बिडिङमा सफल भए सबैभन्दा पहिला हामी खुसी हुन्छौं,’ उनले भने, ‘अमेरिकन कानुनले अन्तर्राष्ट्रिय विडिङ गराउनुपर्ने हुनाले जुनसुकै मुलुकका पनि यसमा आउन सक्छन्, चीनका होस्, भारतको होउन् वा नेपालकै हुन सक्छन् ।’

प्रधानमन्त्री देउवाले नेपालको निर्माण उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बताए । निर्माण व्यवसायको व्यवस्थित विकासका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा देखिएका समस्याहरूको नीतिगत, कानुनी र प्रक्रियागत रूपमा सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताए ।

प्रधानमन्त्री देउवाले निर्माण क्षेत्रमा गरिने खर्चलाई समय सापेक्ष वृद्धि गर्दै लानुपर्ने आवश्यकता रहेको बताए । निर्माण व्यवसायीहरूको क्षमता अभिवृद्धि, तथा निर्माण सामग्रीहरूको आधुनिकीकरण र यान्त्रिकीकरण गर्नुपर्नेमा उनले जोड दिए ।

निर्माण व्यवसायलाई सहज बनाउनका लागि खरिद नियमावलीको ११औँ संशोधन गरिएको प्रधानमन्त्री देउवाले स्पष्ट पारे । विकास निर्माणको काम समयमा सम्पन्न नहुँदा निर्माण व्यवसायीमाथि प्रश्न उठ्ने गरेको भन्दै उनले काम ढिलो हुनाका कारण र समस्या समाधानका उपायको सम्बन्धमा सरकार व्यवसायीहरूसँग छलफल गर्न तयार रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस