८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यापार घाटा चुलियो: एक खर्बको निर्यात, १० खर्बको आयात

अ+ अ-

काठमाडौँ । मुलुकको व्यापार घाटाले नेटो काटेको छ । आयातमा भएको उल्लेख्य वृद्धिका कारण व्यापार घाटा रु १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको छ ।

चालु आवको सात महिनामा कूल वस्तु व्यापार घाटा ३८.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष त्यस्तो व्यापार घाटा ०.७ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा निर्यात आयात अनुपात ११.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.७ प्रतिशत छ ।

यस्तै, समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरेर रु एक खर्ब २८ अर्ब १७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो आयात रु एक खर्ब चार अर्ब १३ करोड बराबर थियो ।

नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरणअनुसार सात महिनाको कूल वस्तु आयात ४२.८ प्रतिशतले वृद्धि भई रु ११ खर्ब ४७ अर्ब ४६ करोड बराबर पुगेको छ ।

अघिल्लो वर्ष त्यस्तो आयात नगन्य रुपमा मात्रै बढेको थियो । विवरण अनुसार भारतबाट ३१ प्रतिशत, चीनबाट ४२.३ प्रतिशत र अन्य देशबाट ८३.८ प्रतिशतले आयात बढेको छ ।

पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, यातायातका साधन तथा पाटपूर्जालगायतका सामानको आयात बढेको छ । त्यस्तै एसउम बिलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगरलगायतका वस्तुको आयात बढेको छ ।

निर्यात पनि बढ्यो

आयातको तुलनामा थोरै भए पनि निर्यातको मात्रामा पनि वृद्धि भएको छ । केन्द्रीय बैङ्कका अनुसार चालु आवको सात महिनाको अवधिमा वस्तु निर्यात ८८.३ प्रतिशतले वृद्धि भई रु एक खर्ब ३१ अर्ब ६६ करोड पुगेको छ ।

अघिल्लो आवको सोही अवधिमा निर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो । भारततर्फको निर्यात ११३ प्रतिशतले बढेको छ । तर, उत्तरी छिमेकी चीनतर्फको निर्यात भने १२.४ प्रतिशतले घटेको छ । अन्य मुलुकतर्फको निर्यातमा पनि २७.७ प्रतिशतले वृद्धि भएको छ ।

नेपालबाट पाम तेल, सोयाविन तेल, पिना, धागो, जुसलगायतका बस्तुको निर्यात बढेको छ । त्यस्तै नगदे बालीको रुपमा रहेको अलैँची, चिया, जडीबुटीको निर्यात घटेको छ । तामाको तार र अन्य फलामे तारको समेत निर्यातमा पनि कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस