९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीसँग विप्लवको भेट, सहमति कार्यान्वयन नभएको गुनासो

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बिच भेटवार्ता भएको छ ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित बालुवाटार पुगेका विप्लवले सरकारसँग भएको तीन बुँदे समझदारीको कार्यान्वयन नभएको गुनासो गरेको छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका वेला २१ फागुन २०७७ मा सरकार र नेकपाबिच तीन बुँदे समझदारी भएको थियो । समझदारी भएसँगै हिंसात्मक गतिविधि गरिरहेको पार्टी शान्तिपूर्ण राजनीतिमा आएको थियो । तर सरकार पक्षबाट सहमति कार्यान्वयनमा अलमल भएको पार्टीका प्रवक्ता प्रकाण्ड बताउँछन् । भन्छन्, ‘सरकारले सहमति कार्यान्वयनमा इमानदारिता देखाउनुपर्छ ।’

भेटमा प्रधानमन्त्री देउवाले भने सहमति कार्यान्वयनका लागि सहयोग गर्ने आश्वासन दिएको भनिएको छ । उनले यस विषयमा गृहमन्त्री बालकृष्ण खाँण र कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूसँग पनि छुट्टै छलफल गर्ने बताएका छन् ।

सरकारसँग भएको समझदारीमा दुवै पक्ष देशका राजनीतिक समस्याहरू वार्ता र संवादबाट समाधान गर्न तयार भएको भनिएको थियो । दोस्रो बुँदामा विप्लव नेतृत्वको नेकपाले सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्णरुपमा गर्ने भनिएको थियो ।

साथै, सरकारका तर्फबाट नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने र कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्ने भनिएको थियो । यही बुँदा कार्यान्वयनमा नभएको भन्दै विप्लवले पटक पटक सरकार पक्षका नेताहरूलाई भेट गरिरहेका छन् ।

समझदारीसँगै अनुसन्धानका लागि हिरासतमा रहेका विप्लवका केही नेता कार्यकर्ता रिहा भएका थिए । केहीलाई अदालतले धरौटीमा छाडेको थियो । तर अदालतमा मुद्दा विचाराधीन रहेकासहित १२५ नेता कार्यकर्ता अझै कारागारमा रहेको नेकपाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस