काठमाडौँ । पछिल्लो २४ घण्टमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार २३८ पीसीआर परीक्षणमा ३० जना र दुई हजार ८२४ एन्टिजेन परीक्षणमा ४३ जना गरी ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १९२ जना संक्रमणमुक्त भएका छन्, भने कसैको पनि मृत्यु भएको छैन ।