१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५ अर्बको ठेक्कामा मिलेमतो भएको भन्दै खरिद अनुगमनको पत्र

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ बन्ने भवन मिलेमतोमा ठेक्का भएको खुलेको छ । लुम्बिनी प्रदेशस्थित प्रादेशिक पूर्वाधार विकास प्राधिकरणद्वारा ५ अर्ब रुपैयाँ लागतमा प्रादेशिक अस्पतालको भवन निर्माणको लागि आह्वान गरेको ठेक्कामा स्पेसिफिकेसनमा नै सेटिङ भएको खुलासा भएको हो ।

प्राधिकरणबाट जारी बोलपत्र सम्बन्धी कागजातमा बोलपत्रदाताको योग्यताका आधारहरू सम्बन्धमा परेको उजुरीपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्कामा एउटा मात्रै कम्पनी छनोट हुने अवस्था रहेको सङ्केत गर्दै नमुना बोलपत्रको प्रावधान विपरीत ठेक्का नलगाउन प्राधिकरणलाई ध्यानाकर्षण पत्र काटेसँगै स्पेसिफिकेसनमा सेटिङ भएको खुलेको हो ।

‘जेडआईईसी-शर्मा-रसुवा जेभी’लाई मात्रै प्राविधिक मूल्याङ्कनमा पास गराउने गरी ठेक्का आह्वान गरेको भेटिएपछि कार्यालयले प्रादेशिक पूर्वाधार विकास प्राधिकरणलाई पत्र काटेर टेन्डरमा तोकिएका योग्यताबारे प्रश्न उठाएको छ ।

भवन निर्माणको लागि आह्वान गरिएको बोलपत्रमा उल्लेखित योग्यताहरू शङ्कास्पद र नाजायज देखिएको भन्दै खरिद अनुगमन कार्यालयले त्रुटिहरू औँल्याएको छ ।

जसमा प्राधिकरणले विदेशीसँग जेभी गरेर आउने भए सरकारी अस्पतालमा २ हजार वर्ग मिटरभन्दा बढीको डबल बेसमेन्ट बनाएको र नेपाली कम्पनी एक्लै प्रतिस्पर्धा गर्ने भए ६ हजार वर्ग मिटरमा डबल बेसमेन्ट निर्माण गरेको अनुभव मागिएको छ । जसबाट निजी क्षेत्रका डबल बेसमेन्ट अस्पताल बनाएका कम्पनीलाई यो बोलपत्रले रोकेको ठहर खरिद अनुगमन कार्यालयको छ ।

‘विदेशी बोलपत्रदाता र नेपाली बोलपत्रदाताको हकमा फरक फरक योग्यताको आधार उल्लेख गरिएको देखिन्छ’ कार्यालयले भनेको छ, ‘यसरी विदेशी बोलपत्रदाता र नेपाली बोलपत्रदाताको हकमा फरक फरक योग्यताको आधार उल्लेख गरिएको प्रावधान सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको नमुना बोलपत्र सम्बन्धी कागजातमा उल्लेखित प्रावधानको प्रतिकुल देखिन्छ’

प्राधिकरणले ‘भिन्ली मेडिकेटेड फ्लोरिङ’को काम गरेकालाई मात्रै प्राविधिक मूल्याङ्कनमा पास गराउने गरी टेन्डर गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले अन्य किसिमको फ्लोरिङको अनुभव भएकालाई प्रतिस्पर्धा गर्न नदिइनुको आधारबारे प्राधिकरणसँग सोधेको छ । पत्रमा भनिएको छ –‘भिन्ली मेडिकेटेड फ्लोरिङ’ को नै अनुभव हुनुपर्ने प्रावधान उल्लेख गरिएको जुन प्रावधानले प्रतिस्पर्धालाई निकै सीमित पर्ने हुँदा अन्य किसिमका फ्लोरिङ को अनुभव भएको निर्माण व्यवसायीले यस्तो फ्लोरिङ निर्माण गर्न नसक्ने आधारहरू के के हुन् सो को पुस्ट्याइँ हुनुपर्ने देखिन्छ’

यस्तै १० जनाभन्दा बढी अट्ने लिफ्ट जडान गरेको अनुभवलाई पनि शङ्कास्पद भन्दै लिफ्टको क्षमता र क्षमता अनुसार जडानमा फरक हुने जटिलता तथा प्रविधि भिन्नताको पुस्ट्याइँ गर्ने आधार देखाउन भनेको छ ।

आउट सोर्सिङबाट यस्तो काम गर्न सकिने हो वा कम्पनीको आफ्नै अनुभव चाहिने भन्ने स्पष्ट नभएकोले सोसमेत यकिन हुनुपर्ने कार्यालयको भनाई छ

डबल बेसमेन्ट, लिफ्टको क्षमता, सरकारी अस्पतालको कार्य अनुभव जस्ता अनुभव राखिनु प्रतिस्पर्धालाई खुम्च्याउँदै सरासर अमुक कम्पनीलाई दिन खोज्नु प्रस्टै देखिएको एक ठेकेदार बताउँछन् ।

प्रादेशिक अस्पताल भवन निर्माणको लागि आह्वान भएको बोलपत्रमा राखिएका विभिन्न योग्यताहरू हेर्दा कुनै अमुक कम्पनीलाई ठेक्का पार्ने नियत देखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले बताए । प्रतिस्पर्धा गराउँदा अध्याधिक बढी राज्यको जोगिने देखिएको पनि उनको भनाई छ ।

पछिल्लो समय ठेकेदार–कर्मचारीको मिलेमतोमा स्पेशिफिकेसनमा नै बदमासी गर्ने गरेको देखिएको छ । अहिले देश भरी भई रहेका विभिन्न इ-बिडिङहरु हेर्ने हो भने अधिकांसजसोमा मिलेमतो स्पष्ट देखिने खरिद कार्यालयकै एक कर्मचारी बताउँछन् । यति मात्रै होइन, केही ठुला भनिएका ठेकेदारहरूले त आफू अनुकूलका कर्मचारीलाई नै प्रमुख बनाएर लैजाने गरेको चर्चा पनि सिंहदरवारमा सुनिन्छ ।

प्रतिक्रिया दिनुहोस