९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेनबाट भागेका नेपाली जर्मनीको जेलमा, लिथआनिया र बेलारुसको जङ्गलमा ११ नेपाली अलपत्र

अ+ अ-

काठमाडौँ । रुस युक्रेन तनावका कारण युक्रेनबाट भागेका नेपालीहरू जर्मनीको एक जेलमा परेका छन् । जेलमा परेकाहरूलाई नेपाली दूतावासले पहल गरेर बाहिर ल्याएको गैर आवासीय नेपाली सङ्घका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ प्रेस विज्ञप्ति !

लन्डन । युक्रेन युद्धबाट भागेर जर्मनीको जेलमा परेका नेपालीहरू  नेपाली दूतावासको पहलमा निस्केका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का अनुसार उनीहरूलाई जर्मनीको अध्यागमन विभागले नियन्त्रणमा लिएको थियो ।

राजदूत खड्काका अनुसार रुस युक्रेन द्वन्द्व पीडित नेपालीहरू दूतावासको सम्पर्कमा आउन छाडेको  जानकारी दिए ।

रुस–युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई शनिवार साँझ सम्बोधन गर्दै राजदूत खड्काले केही बिचौलियाहरूले युरोपका विभिन्न देशमा रहेका नेपालीहरूलाई भित्र्याउन  रसिया–बेला रुस युक्रेन हुँदै युरोप ल्याउन दलालहरू सक्रिय हुन् सक्ने भन्दै  सचेत रहन आग्रह गरे ।

उनले युक्रेनमा रहेका नेपालीहरूको सफलता पूर्व उद्धार गर्न सहयोग गर्ने गैर आवासीय नेपाली सङ्घलगायत अन्य सङ्घसंस्थालाई धन्यवाद  दिए।

खड्काले युद्धमा विस्थापित भएका नेपाली मध्ये ४ जनालाई भारतीय सरकारको सहयोगमा उद्धार गरी  नेपाल पठाएको जानकारी दिए । भारतले २ जना हंगेरी, १ जना रोमानिया र १ जनालाई  पोल्याण्डबाट गरी ४ जनालाई भारतीय सरकारले उद्धार गरेको हो ।  नेपाल फर्किएका १० जना मध्ये बाँकी ६ जना आफै सहयोग जुटाएर नेपाल फर्किएका हुन् ।

यसैबिच युद्धमा अलपत्र परेका नेपालीहरूलाई जर्मनीस्थित नेपाली दूतावासले निःशुल्क यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको छ । हालसम्म ५६ जना नेपालीहरूले यात्रा अनुमति पत्र लिएका छन् ।

बैठकमा स्वास्थ्य समितिका संयोजक डा। बोध सुवेदीले युक्रेनको लुगानबाट आएका ६ जना विधार्थीहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा पुराइएको जानकारी दिए । उनले ३५ वर्षदेखि युक्रेनमा बसोबास गर्दै आएका एक जना नेपाली परिवारले समेत युक्रेन छोडेर हिँडेकाे जानकारी दिए।

एनआरएनए पोल्याण्डाका महासचिव पवन खड्काले सङ्घले अलपत्र परेका नेपालीहरूलाई खाना बस्नको व्यवस्था गरेको बताए ।

यस्तै एनआरएनए स्पेनका अध्यक्ष शालिकग्राम डुम्रेले  युद्ध प्रभावित देशमा १ सय ३२ जना नेपाली एनआरएनए स्पेनको सम्पर्कमा आएको जानकारी दिए । उनले पीडितको आग्रह अनुसार अधिकांश नेपालीलाई पोर्चुगल पठाएको जानकारी दिए ।

एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकारीले युक्रेनबाट आएका नेपालीहरूको खाना बस्नको लागि आवश्यक सहयोग जुटाउन सङ्घ सक्रिय रहेको बताए।

युद्ध सुरु भएपछि युक्रेनमा रहेका नेपालीहरू आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, फ्रान्स, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगे छन् ।

पछिल्लो तथ्याङ्क  अनुसार हालसम्म पोल्याण्डमा ४ सय ६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका हुन् ।

लिथआनिया र बेलारुसको जङ्गलमा ११ नेपाली अलपत्र

रुसबाट हिँडेका ११ जना नेपालीहरू लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन् । उनीहरूले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश सिवाकोटीलाई सम्पर्क गरी शनिवार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

उनीहरू रुसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशङ्का गरिएको छ ।  सम्पर्ककर्ता मध्येका एक सुभाव कुँवरले ह्वास्स एप मार्फत आफ्नो उद्धारको लागि अनुरोध गरेका थिए ।

जर्मनीको लागि नेपाली राजदूत रामबाबु खड्काले ती नेपालीहरू युक्रेन युद्ध पीडित नभएर अन्य बिचौलियामा मार्फत युरोप छिर्न हिँडेको हुने सक्ने आशङ्का गरे । खड्काले उनीहरूको खोजीको लागि रुसस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनीहरूसँग सम्पर्क स्थापित गर्न खोजिएको जानकारी दिए । उनीहरूले रुसमा विगत केही वर्षदेखि बसोबास गर्दै आएको समेत बताएका थिए ।

प्रतिक्रिया दिनुहोस