काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०६ पीसीआर परीक्षणमा ५९ जना र एक हजार ६४१ एन्टीजेन परीक्षणमा ६ जना गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १९२ जना संक्रमणमुक्त भएका छन्, भने कसैको पनि मृत्यु भएको छैन ।