९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरियन भाषा परीक्षाको आवेदन चैत १४ देखि खुल्ने, कसरी दिने आवेदन ?

यस पटक ९ हजार ६ सय ५४ जना श्रमिक लैजाने

इपिएस कोरिया शाखा
अ+ अ-

काठमाडौँ । कोरियन भाषा परीक्षा (ईपिएस) को लागि आगामी चैत १४ देखि २१ गतेसम्म आवेदन दर्ता हुने भएको छ। ईपिएस कोरिया शाखाका अनुसार कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्न लागेको हो।

कृषि तथा पशुपालन र उत्पादनमा छुट्टाछुट्टै परीक्षा हुने तालिका सार्वजनिक भएको छ। जसअनुसार २०७९ वैशाख २६ देखि जेठ १३ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रको पहिलो चरणको भाषा परीक्षा हुने भएको छ। यस्तै जेठ २४ देखि असार १६ सम्म दोस्रो चरणको भाषा परीक्षा हुनेछ।

यसै गरी उत्पादन क्षेत्रको पहिलो चरणमा असार २० देखि भदौ १० सम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० सम्म भाषा परीक्षा हुने ईपिएस कार्यालयले जनाएको छ।

यस्तै सिप परीक्षणका लागि कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणमा वैशाख २६ देखि जेठ १३ तथा दोस्रो चरणमा जेठ २४ देखि असार १६ सम्म मिति तोकिएको छ।

यस्तै उत्पादन क्षेत्रको सिप परीक्षणका लागि पहिलो चरणमा असार २० देखि भदौ १० सम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० सम्म मिति तोकिएको छ।

उत्पादन मूलक क्षेत्रमा पढाई र सुनाई गरी १०० पूर्णाङ्कको परीक्षा हुनेछ। जसमा पास हुनका लागि कम्तीमा ५५ अङ्क ल्याउनुपर्नेछ। यस्तै कृषि तथा पशुपालन क्षेत्रमा कुल ९० पूर्णाङ्कको परीक्षा हुनेछ जसमा पास हुनका लागि ३६ ल्याउनुपर्नेछ।

परीक्षा शुल्क २४ डलर तोकिएको छ। परीक्षा केन्द्र भने पछि सार्वजनिक गरिने बताइएको छ। काठमाडौँबाट मात्र परीक्षा हुनेछ।
आवेदन दर्ता गर्नका लागि eoers.epsnepal.gov.np मा गई अनलाइन फारम भर्नुपर्नेछ।

फारम भर्नका लागि राहदानीको फोटो भएको पेजको रङ्गिन स्क्यान गरी जेपिजी इमेज फाइल बनाइ अपलोड गर्नुपर्नेछ। आवेदनमा अनिवार्य रूपमा इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ। फारममा तीन महिनायताको फोटो अपलोड गर्नुपर्नेछ।

१८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। आवेदन दिनेहरू फौजदारी अभियोगमा नपरेको, गैह्र कानुनी रूपमा कोरिया बसी फिर्ता पठाएको हुन नहुने, सरकारले अन्य मुलुकमा जान रोक नलगाएको हुनुपर्ने छ।

सन् २०२२–२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ ६ हजार २ सय १३ र कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ गरी ९ हजार ६ सय ५४ जना श्रमिक लैजाने भएको छ।

एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउने व्यवस्था छ। जुन क्षेत्रका लागि परीक्षा आवेदन फाराम भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यही क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भर्नुपर्नेछ।

परीक्षाका लागि सबै व्यथापन नेपालको ईपीएस शाखाले गरे पनि परीक्षा भने दक्षिण कोरिया श्रम तथा मानव संसाधन मन्त्रालयअन्तर्गतको मानव संसाधन विभाग (एचआरडी) कोरियाले गर्नेछ।

दक्षिण कोरियाले नेपालसहित १६ देशबाट ईपीएसअन्तर्गत रहेर श्रमिक आयात गर्दै आएको छ। अन्य देशको तुलनामा नेपाली श्रमिक मेहनती र इमानदी हुने भन्दै पहिलो प्राथमिकतामा राखेको देखिन्छ।

नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत डेढ लाखको हाराहारीमा प्रशिक्षार्थी श्रमिक कोरिया गइसकेका छन्। आकर्षक कमाइ हुने भएकाले दक्षिण कोरिया जान खोज्ने युवाको सङ्ख्या बर्सेनि बढ्दो छ।

प्रतिक्रिया दिनुहोस