८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्याङ्जाका दुई नगरपालिका उत्कृष्ट घोषित

अ+ अ-

वालिङ । स्याङ्जाका दुई नगरपालिका उत्कृष्ट घोषित भएका छन् । नेपाल नगरपालिका सङ्घको २९औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा स्याङ्जाका दुईसहित सात नगरपालिकालाई पुरस्कृत गरिएको छ ।

नगरपालिका सङ्घले विभिन्न सूचकलाई आधार मानेर गरेको मूल्याङ्कनका आधारमा वालिङ र पुतली बजार नगरपालिकालाई आर्थिक वर्ष २०७७/७८ मा संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उल्लेख्य कार्य गरेकाले ‘उत्कृष्ट नगरपालिका पुरस्कार २०७८’ बाट पुरस्कृत गरिएको हो ।

वालिङ नगरपालिका उत्कृष्ट घोषित भएसँगै नगर प्रमुख दिलीप प्रताप खाँणले आगामी दिनमा काम गर्नका लागि थप ऊर्जा तथा प्रेरणा मिलेको बताए । वालिङ नगरपालिका पुरस्कृत हुँदै गर्दा यहाँका नागरिकको सहयोगी भूमिका महत्त्वपूर्ण रहेको नगर प्रमुख खाँणको भनाइ छ ।

गत वर्ष पनि नेपाल नगरपालिका सङ्घको २८औँ वार्षिकोत्सवका अवसरमा वालिङ नगरपालिलाई सहरी योजना, वातावरण, विपद् जोखिम व्यवस्थापन र उत्थानशीलतामा देशकै उत्कृष्ट नगर घोषित भएको थियो ।

त्यस्तै नेपाल नगरपालिका सङ्घकै २३औँ स्थापना दिवसका अवसरमा २१७ नगरपालिकामध्ये वालिङ नगरपालिका सर्वोत्कृष्ट भई पुरस्कारसमेत प्राप्त गरिसकेको छ ।

नगरपालिकाले उत्कृष्ट सेवा प्रवाह, सहरी योजना, सुशासन, फोहर मैला व्यवस्थापन लगायतका विषयवस्तुलाई मूल्याङ्कन गर्दै वालिङ सर्वोत्कृष्ट बन्न सफल भएको थियो ।

यसअघि सङ्घीय तथा स्थानीय विकास मन्त्रालयले २०७४ सालमा देशभरका पालिकामध्ये सर्वोत्कृष्ट सफा नगरका रूपमा वालिङलाई पुरस्कृत गरेको थियो ।

सहरी योजना, विपद् व्यवस्थापनमा धादिङको नीलकण्ठ नगरपालिका, वातावरण तथा उत्थानशीलतामा इलामको इलाम नगरपालिका, स्थानीय आर्थिक विकासमा सर्लाहीको हरिवन नगरपालिका, सामाजिक विकासमा रुपन्देहीको तिलोत्तममा नगरपालिका र चितवनको राप्ती नगरपालिका गरी पाँच विधामा सात नगरपालिकालाई उत्कृष्ट घोषित गरिएको नेपाल नगरपालिका सङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस