९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामु प्रधानन्यायाधीशको प्रतिशोधमा मुख्य रजिस्ट्रारको ‘भद्र प्रतिरोध’

मुख्य रजिस्ट्रार पद स्वीकार गर्न न्यायपरिषद्लाई सर्वोच्चका कर्मचारीको चेतावनी

सर्वोच्च अदालत
अ+ अ-

काठमाडौँ। न्यायपरिषद्ले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेपछि सर्वोच्च अदालतमा फेरि विवाद बढेको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले प्रतिशोधपूर्ण ढङ्गले गरेको न्यायाधीश नियुक्तिप्रति मुख्य रजिस्ट्रार कुँवरले भद्र ढङ्गले प्रतिरोध गर्दै आफ्नो नियमित जिम्मेवारीमा रहेका छन् ।

कर्मचारीको प्रमुखको रूपमा मुख्य सचिव सरहको मुख्य रजिष्ट्रारलाई अपमानित हुने गरी उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेपछि सर्वोच्च अदालतका कर्मचारी र कामु प्रधानन्यायाधीशबिच दूरीसमेत बढेको छ । न्यायपरिषद्को अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लागेर निलम्बित बनेपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले मुख्य रजिष्ट्रारलाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका थिए ।

सर्वोच्च अदालतमा आफू नेतृत्वमा भएको न्यायाधीशहरूको हडतालमा कर्मचारीहरू तटस्थ बनेपछि आफूहरूलाई सहयोग नगरेको भन्दै मुख्य रजिष्ट्रारलाई कामु प्रधानन्यायाधीश कार्कीले कारवाहीको शैलीमा न्यायाधीश नियुक्त गरेका हुन् । यसप्रति सर्वोच्चका धेरै न्यायाधीशसमेत असन्तुष्ट छन् ।

पदीय मर्यादाअनुसार सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार उच्च अदालतका न्यायाधीशभन्दा माथि अर्थात् मुख्य न्यायाधीश सरहको पद हो । यसअघि न्याय सेवाबाट मुख्य रजिस्ट्रार बनेका नहकुल सुवेदी र नृपध्वज निरौला उच्च अदालतको मुख्य रजिस्ट्रारमा नियुक्त भएपनि राजन भट्टराईलाई उच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा पनि असन्तुष्टि व्यक्त भएको थियो । जसलाई सर्वोच्च अदालतमा अपमान गरेको भन्दै कर्मचारीहरूले दुःख व्यक्त गरेका थिए ।

न्यायपरिषदबाट नियुक्तिको सिफारिस भए पनि मुख्य रजिस्ट्रार कुँवरले आफू न्यायाधीश पदमा नजाने निर्णय गरेको सम्बन्धित निकायमा जानकारी गराइसकेका छन् । मुख्य रजिस्ट्रारले शपथ नलिएसम्म वा मुख्य रजिस्ट्रारबाट राजीनामा नदिएसम्म सो पद रिक्त हुन सक्दैन । उच्च अदालतको न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले नियुक्त गरेर शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर मुख्य रजिस्ट्रारले शपथ नलिए उनलाई अन्य बाधा हुन सक्दैन ।

यता, प्रधानन्यायाधीश र वरिष्ठतम न्यायाधीशसमेत रहने न्याय परिषद्ले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारलाई स्वीकार नगरेको भन्दै सर्वोच्च अदालतका कर्मचारीहरू असन्तुष्ट बनेका छन् । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारलाई भर्‍याङ बनाएर माथि जान खोजेको आरोप लागिरहँदा सर्वोच्च अदालतका कर्मचारीहरूले राजनीतिक भर्‍याङबारे प्रश्न गरेपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आफूलाई सहयोग नगरेका कारण यस्तो निर्णय लिनु परेको बताएको कर्मचारी सङ्गठनका एक नेताले बताए । उनले यो निर्णय सच्चिएन भने तत्काल आन्दोलनमा जाने तयारी गरिरहेको बताए ।

न्यायाधीश नियुक्तिअघि कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश मिरा मैयाँ खड्काले कुँवर र नारायण पन्थीलाई बोलाएर राजीनामा गर्न वा पठाएको ठाउँमा जान तयार रहन भनेका थिए ।

प्रतिक्रिया दिनुहोस