६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वसन्तपुरमा बनाइएका कंक्रिटका संरचना भत्काउनुपर्छ : उपमेयर खड्गी

अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले वसन्तपुरमा बनाइएका कंक्रिटका संरचना भत्काउनुपर्ने बताएकी छन् ।

वसन्तपुर डबलीमा बनाइएका संरचनाको आज (मंगलबार) अवलोकन गर्दै उपमेयर खड्गीले विश्व सम्पदा सूचीमा सूचिकृत क्षेत्रमा कंक्रिटको संरचना बनाउनु गलत भएको बताइन् ।

मेयर विद्यासुन्दर शाक्यले मनपरी गरेको भन्दै उपमेयर खड्गीले कंक्रिटका संरचना भत्काउनुपर्ने बताइन् । उनले भनिन्, ‘यो गर्नै हुँदैन । किनभने विश्व सम्पदा सूचीभित्र परेको क्षेत्रमा मनपरी गर्न मिल्दैन, यो हेलचेक्र्याइँ हो । सम्पदा क्षेत्रमा यसरी कंक्रिटको संरचना बनाउन हुन्छ हुँदैन भनेर विवेक पुर्‍याउनु पर्ने हो ।’

यसबारे मेयर शाक्यसँग सल्लाह गर्ने उनले बताइन् । महानगरको भौतिक पूर्वाधार विभागले डबलीमा क्षति पुग्ने गरी कंक्रिट प्रयोग गरेर आठ वटा झन्डा राख्ने आधारहरु निर्माण गरेको छ ।

महानगर क्षेत्रभित्र ७० लाख रुपैयाँ खर्च गरेर १२ वटा झन्डा राख्ने निर्णय भए अनुसार वसन्तपुरमा आठ वटा झन्डा राख्ने संरचना बनाइएको हो ।

यसबारे बोर्ड बैठकमा पनि सल्लाह नभएको उपमेयर खड्गीले बताइन् । आफूले प्रवक्तासँग पनि यसबारे सोधेको तर उनले पनि आफूलाई थाहा छैन भनेको खड्गीले बताइन् ।

वसन्तपुरमा नयाँ संरचना बनाएको प्रति पुरातत्त्व विभागले पनि चासो राखेको छ । विभागले काठमाडौं महानगरपालिकालाई पत्र लेखेर सो संरचनाको निर्माण रोक्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस