६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल वायुसेवा निगमको जग्गा बेवारिसे बन्दै

अ+ अ-

सुदूरपश्चिम । नेपाल वायुसेवा निगमको धनगढी बजार क्षेत्रमा रहेको जग्गा कवाडीका सामान राख्ने र शौच गर्ने थलोको रुपमा परिणत भएको छ ।

जग्गा रेखदेखको अभावमा बेवारिसे बनेपछि कवाडी राख्ने र शौच गर्ने थलोमा परिणत भएको हो । जग्गामा प्रवेश गर्ने मुख्य प्रवेशद्वार (गेट) भत्किएको छ भने वरिपरि लगाइएको पर्खालसमेत ठाउँठाउँमा भत्किएको छ ।

झन्डै दश कट्ठा क्षेत्रफल रहेको उक्त जग्गाको पछिल्लो एक दशकभन्दा बढी समयदेखि कसैबाट रेखदेख भएको देखिँदैन ।

जग्गा नजिकैको कालोपत्र सडक छेउमा व्यापार गर्दै आएका रसीतुल्लाले भने, ‘सरकारी कार्यालय भएर पनि नेपाल वायुसेवाको जग्गा बेवारिसे बनेको छ, धनगढी सहरको मुटुमा रहेको यो जग्गा उपयोगमा ल्याउन सके कार्यालयको आम्दानी बढ्ने थियो ।’

धनगढीमा सञ्चालनमा रहेको नेपाल वायुसेवा निगमको कार्यालय झन्डै पाँच वर्षअघि बन्द गरिएको थियो । धनगढी विमानस्थलबाट वायुसेवा निगमले आफ्नो जहाज उडाउन नसकेपछि धनगढीको कार्यालय पनि बन्द गरेको थियो ।

निगमले सुदूरपश्चिमको डोटी, अछाम, बझाङ, बाजुरालगायतका क्षेत्रमा धनगढी विमानस्थलबाट केही महिनादेखि हवाई सेवा सुरु गरेको छ । योसँगै धनगढी विमानस्थलमै निगमको कार्यालय सञ्चालन गरिएको छ । निगमका एक कर्मचारीले भने, ‘धनगढीमा रहेको जग्गा भाडामा लगाउने वा आफ्नै भवन निर्माण गर्ने भन्ने विषयमा केन्द्रमा कुरा चलिरहेको छ ।’

यसअघि निगमले विगतमा उक्त जग्गालाई भाडामा दिने प्रक्रिया थालेको थियो । भाडामा लिने पहल गर्नुभएका स्थानीयवासी रमणचन्द्र श्रेष्ठले जटिल कानुनी प्रक्रियासँगै लापरबाहीका कारण भाडामा लिन नसकिएको बताए ।

‘जग्गा भाडामा लगाउन नेपाल वायुसेवा निगमले प्रकाशित गरेको बोलपत्रबमोजिम हामीले उक्त जग्गामा ‘स्मार्ट सहर’ बनाउने योजनासहित भाडामा लिने प्रयास गरेका हौँ’, उनले भने, ‘तर बोलपत्रमा चार वर्षभन्दा बढी समय भाडामा लिन नपाइने भनेर उल्लेख भएको अवस्थामा यसमा ठुलो लगानी गर्नुपर्ने देखिएपछि आफूहरु पछि हट्नुपरेको हो ।’

पछिल्लो समय उक्त जग्गामा बालुवा र गिट्टीसमेत थुपार्ने गरिएको छ । ‘कवाडी राख्ने र शौच गर्ने थलो बन्दा वरिपरिको वातावरणसमेत दुर्गन्धित भइरहेको छ’, स्थानीयवासी रसीतुल्लाले भने । जग्गा नजिकै रहेको खोलामा धनगढी उपमहानगरपालिकाले फोहोरको व्यवस्थापन गर्न थालेपछि वातावरण थप दुर्गन्धित बनेको छ ।

प्रतिक्रिया दिनुहोस