१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्जिनियरको चुनावमा काँग्रेस निकट सिडेनको प्यानल नै विजयी

अ+ अ-

काठमाडौँ । नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा काँग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)को प्यानल नै विजयी भएको छ।

डा. हरिबहादुर दर्लामीको नेतृत्वमा ३३औँ केन्द्रीय कार्यकारिणी समितिका लागि उम्मेदवारी दिएका २३ जना नै विजयी भएका छन्।

अध्यक्षमा दर्लामी ३७३२ मत प्राप्त गरी विजयी भएको सोही प्यानलबाट उपमहासचिवका उम्मेदवार सरोज धितालले जानकारी दिए।

धितालका अनुसार अध्यक्षका अन्य उम्मेदवारमा डा. सुरज लामिछानेले २८११, डा. हरिराम पराजुलीले १२८५, दिलीपकुमार झाले १०९२ र राजेन्द्र हाडाले ३२५ मत प्राप्त गरे।

दर्लामीको प्यानलबाट उपाध्यक्षमा नारायणप्रसाद अधिकारी, महासचिवमा रविभुषण झा, उपमहासचिवमा सरोज धिताल,कोषाध्यक्षमा दिनेश त्रिपाठी र सह-कोषाध्यक्षमा दीपक अधिकारी विजयी भएका छन्।

नेइएको निर्वाचनका लागि पाँच समूहले प्रतिस्पर्धा गरेका थिए। काङ्ग्रेसबाट दिलीपकुमार झाको नेतृत्वमा अर्को बागी उम्मेदवारको समूहले पनि प्रतिस्पर्धा गरेको थियो। माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी निकट इन्जिनियरहरूको छुट्टै प्यानल थियो।

एमाले र लोकतान्त्रिक समाजवादी पक्षका इन्जिनियरहरूले गठबन्धन बनाएका थिए। मजदुर किसान पार्टी निकटका इन्जिनियरहरूले पहिलो पटक केन्द्रमा प्यानल खडा गरेर प्रतिस्पर्धा गरेका थिए।

विवाद भएपछि मधेस प्रदेशको मतगणना रोकिएको छ। गणना सकिएका अन्य प्रदेशमा भने काँग्रेस निकटको सिडेन प्यानलसहित विजय भएको छ।

प्रतिक्रिया दिनुहोस