९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत समाजवादीले चुनावअघि कुनै पनि मन्त्री नफेर्ने

अ+ अ-

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचनअघि मन्त्रीहरू परिवर्तन नगर्ने भएको छ । सो पार्टीले हाल सरकारमा रहेका केही मन्त्रीहरू फिर्ता बोलाउने र नयाँलाई पठाउने भन्ने चर्चा चलिरहेका बेला चुनावअघि कुनै पनि कदम नचाल्ने निष्कर्ष अध्यक्ष नेपालले निकालेका छन् ।

यस विषयमा हालै सम्पन्न पार्टीको बैठकमा समेत छलफल भए पनि स्थानीय चुनाव अघि मन्त्रीहरूलाई फिर्ता नबोलाउने निष्कर्ष निकालिएको एक नेताले जानकारी दिए ।

एकीकृत समाजवादी पार्टीबाट हाल शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ किसान र भवानी खापुङ मन्त्री रहेका छन् ।

खतिवडा स्वास्थ्य मन्त्री रहेका छन् भने झाँक्री सहरी विकास मन्त्री रहेकी छन् । यस्तै प्रेम आले पर्यटन, किसान श्रेष्ठ श्रम तथा रोजगार र भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री रहेकी छन् । समाजवादीका एक नेताले भने, ‘पार्टीभित्र मन्त्री फेर्ने विषयमा छलफल भएको हो । तर तत्काल चुनावअघि कुनै निर्णय नलिने भनेर पार्टीमा निर्णय भएको छ । अब चुनावपछि मात्रै आवश्यक निर्णय हुने भयो ।’

पार्टीका केही मन्त्रीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग साँठगाँठ बढाएको प्रचारको पनि कुनै सत्यता नभएको समाजवादीका ती नेताको भनाइ छ । ‘समाजवादीलाई देखि नसहने एमालेकै साइबर सेनाहरूले चलाएको हल्ला मात्रै हो । कुनै पनि मन्त्रीहरूले ओलीसँग भेट्नु त के फोनमा पनि कुराकानी भएको छैन’, ती नेताले भने, ‘बेकारको हल्लाको अर्थ छैन ।’

सरकारले स्थानीय तहको निर्वाचन मिति वैशाख ३० गते तोकेको छ भने सो चुनावमा गठबन्धन बनाएर चुनाव लड्नेबारे चर्चा भए पनि हालसम्म कुनै निर्णय भने भएको छैन । यहीबिचमा समाजवादीसहित सत्तारुढ दलबाट मन्त्री रहेकाहरूको जिम्मेवारी हेरफेरबारे चर्चा भइरहँदा समाजवादीले भने तत्काल कुनै हेरफेर नगर्ने निर्णय गरेको हो ।

समाजवादीबाट मन्त्री बनेकाहरूको कामकारबाही सन्तोषजनक नै रहेको पनि निष्कर्ष निकालिएको छ । यद्यपि, कतिपय कमी कमजोरीहरू पनि रहेकाले सच्याउँदै अघि बढ्नुपर्नेमा पनि पार्टीले सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस