७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पदको लडाइँले भद्रगोल औषधि व्यवस्था विभाग

अ+ अ-

काठमाडौं । गत २७ पुसमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले औषधि व्यवस्था विभागका तत्कालीन महानिर्देशक नारायण ढकाललाई राष्ट्रिय प्रयोगशाला प्रमुखको जिम्मेवारीमा सरुवा गरे । तर, दुई महिना बितिसक्दा पनि ढकाल प्रयोगशालामा हाजिर भएका छैनन् ।

ढकाललाई सरुवा गरेर मन्त्री खतिवडाले विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिएका थिए । विभागको नेतृत्व आफूभन्दा जुनियरलाई दिएको भन्दै ढकालले विभाग मातहत रहने प्रयोगशालाको जिम्मेवारी सम्हाल्न मानेका छैनन् ।

औषधि व्यवस्था विभाग औषधि क्षेत्रको नियामक निकाय हो । यो विभागको प्रमुख काम औषधिहरूको गुणस्तर, नियमन र अनुगमन हो । तर केही वर्षयता निरन्तर चल्दै आएको पदको हानथापले विभागले राम्रो काम गर्न सकेको छैन ।

राजनीतिक पहुँचको आधारमा वा सरकार परिवर्तन भएपिच्छे महानिर्देशक परिवर्तन हुँदा नीतिगत र प्रशासनिक काम हुन नसकेको विभागकै कर्मचारीहरू स्विकार्छन् । ‘नियमित रूपमा हुने काम त थोर–धेर भएका होलान् । तर, छोटो समयमा नेतृत्व परिवर्तन हुँदा दीर्घकालीन रूपमा गर्नुपर्ने काम तथा नीतिगत कामलाई प्रभाव पारिरहेको देखिन्छ’, नाम खुलाउन नचाहने एक कर्मचारीले भने ।

सरकारले विभागमा ११ औँ तहको दुई वटा दरबन्दी तोकेको छ । एक जना विभागको महानिर्देशक र अर्को राष्ट्रिय प्रयोगशाला केन्द्रको प्रमुख रहने व्यवस्था छ । ढकाल पाँच वर्षअघि र भट्टराई करिब दुई वर्षअघि ११औँ तहमा बढुवा भएका थिए ।

पछिल्लो सरुवामा उनीहरू दुईबिच टकराब प्रस्टसँग देखियो । एकले अर्कोलाई महानिर्देशक स्वीकार गरेनन् । एक हप्ताभन्दा बढी समय उनीहरूबिच कुर्सी तानातानको अवस्था सिर्जना भयो ।

ढकालले हालसम्म तीन कार्यकाल सम्हालिसकेका छन् । भट्टराईले भने हाल दोस्रो पटक महानिर्देशकको जिम्मेवारी लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस