७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको सर्कुलर : स्थानीय तहमा पार्टीको अवस्थाबारे ‘चैत १५ भित्र रिपोर्ट पठाउनू’

अ+ अ-

काठमाडौंँ । नेपाली काँग्रेसले स्थानीय तहमा पार्टीको अवस्थाबारे १५ चैतभित्र जानकारी गराउन देशभर सर्कुलर गरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रदेशदेखि वडासम्मका कार्यसमितिको दायित्व बारेमा जानकारी गराउँदै सर्कुलर पठाएका छन् ।

महामन्त्रीद्वयले जारी गरेको सर्कुलरमा अरू दल विभाजन पश्चात् पार्टीको शक्ति सन्तुलनको जानकारी पठाउन निर्देशन दिइएको छ । काँग्रेस छोडेर अन्य पार्टीमा गएका स्थानीय कार्यकर्ता र त्यसले पारेको पार्टीमा प्रभाव आकलन गरी केन्द्रमा पठाउन भनिएको छ । वैशाख ३० मा निर्धारित स्थानीय तहको निर्वाचन माहौल र पार्टीले तय गर्नुपर्ने बाटोका बारेमा केन्द्रलाई चैत १५ भित्र जानकारी गराउन भनिएको छ ।

सात पृष्ठको सर्कुलरमा स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर गतिविधि गर्न तल्लो तहका सबै संरचनालाई निर्देशन दिइएको छ । पेसा, व्यवसाय, अध्ययनका लागि प्रदेश वा केन्द्रीय राजधानीमा गएका नागरिकहरूको तथ्याङ्क राख्न तथा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । पुराना मतदाताको अवस्था सहित नयाँ थपिएका मतदाता सहितको अभिलेख राख्न पनि भनिएको छ ।

स्थानीय तहलाई आफैँ घोषणापत्र बनाउन निर्देशन दिइएको छ । साथै, काँग्रेस विजयी भएका स्थानमा आफूले जितेको स्थानमा पाँच वर्षको अवधिमा गरेका सुधार, उपलब्धि तथा सकारात्मक कार्य घोषणापत्रमा समावेश गर्न सुझाइएको छ । आफू पराजय भएका स्थानमा विजयी दलले गरेका भ्रष्टाचार र अनियमितता देखाउन निर्देशन दिइएको छ ।

तल्लो संरचनाले गरेका गतिविधिको हरेक १५ दिनमा गतिविधिको उपल्लो तह सहित केन्द्रलाई जानकारी गराउन सर्कुलर गरिएको छ ।

जिल्ला कार्यालयहरू व्यवस्थित गराउन, विधानले तोके बमोजिम नियमित बैठक बस्न, जातीय छुवाछुतमा संलग्न कार्यकर्ता भेटिए पार्टीबाट निष्कासन गर्न पनि काँग्रेसले मातहतका कार्यालयलाई भनेको छ ।

प्रतिक्रिया दिनुहोस