काठमाडौं । अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
अमेरिकी कूटनीतिज्ञलाई लिएर आज (शुक्रबार) बिहान एयर फोर्स काठमाडौं आएको जनाइएको छ । यो जहाज शुक्रबार नै फिर्ता भइसकेको छ ।
‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना) को जहाज काठमाडौं आएको हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले जानकारी दिए ।