११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विप्लव नेतृत्वको नेकपाको बैठक आज पनि बस्दै, चुनावबारे निर्णय हाेला ?

अ+ अ-

काठमाडौँ । हिंसात्मक बाटो छाडेर शान्तिपूर्ण राजधानीमा प्रवेश गरेको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको बैठक शनिवार पनि जारी रहने भएको छ । कपिस्वस्तुमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले चुनावबारे कस्तो निर्णय लेला भन्ने चासो राजनीतिक वृत्तमा रहेको छ ।

महासचिव विप्लवले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा चुनावलाई उपयोग गरेर अघि बढ्ने उल्लेख गरिएको छ । नेकपा स्रोतका अनुसार विप्लवले केन्द्रीय सदस्यहरूलाई वितरण गरेको राजनीतिक प्रतिवेदनमा चुनावलाई उपयोग गरेर जानुपर्ने उल्लेख गरिएको छ ।

सोही राजनीतिक प्रतिवेदनमाथि शनिवार छलफल चल्नेछ । नेकपा स्रोतले भन्यो, ‘प्रतिवेदनमा अन्य विषयहरू पनि छन् तर विशेष निर्वाचनलाई केन्द्र बनाइएको छ । बैठकमा त्यसै विषयमा गहन छलफल हुने छ ।’ शुक्रबारको बैठकमा ६९ जना केन्द्रीय सदस्य र ४ जना सल्लाहकारको उपस्थिति रहेको थियो ।

यसैबिच नेकपा एमालेका नेता योगेश भट्टराईले विप्लवले आगामी निर्वाचनमा भाग लिन गरेको प्रस्ताव वस्तुवादी र सही भएको बताएका छन् । नेता भट्टराईले विप्लवको सो प्रस्ताव नेपाली धर्तीको मार्क्सवादी विचार भएको भन्दै प्रशंसा समेत गरेका छन् ।

सञ्जालमार्फत नेता भट्टराईले भनेका छन्, ‘कमरेड नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टीको बैठकमा आगामी निर्वाचनमा पार्टीले भाग लिने प्रस्ताव गर्नुभएछ । यो अत्यन्तै वस्तुवादी र सही प्रस्ताव हो । नेपाली धर्तीको मार्क्सवादी विचार पनि हो ।’

भट्टराइले अन्ततः सबै कम्युनिष्टहरुको बाटो यही भएको र यही बाटोबाट समाजवादसम्म पुग्न सकिने दाबी गर्दै चालीसको दशकबाटै एमालेले पनि यही स्वरूप अवलम्बन गर्दै यहाँसम्म आइपुगेको बताएका छन् । उनले भनेका छन्, ‘करिब चालीसको दशकबाट आन्दोलनका वस्तुवादी स्वरूप अवलम्बन गर्दै जनताको बहुदलीय जनवाद हुँदै आजको नेकपा एमाले निर्माण भएको हो । बुर्जुवाहरूसँग प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै शान्तिपूर्ण र वैधानिक तरिकाबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण नै आजको मुख्य कार्यदिशा हो । अन्ततः सबै कम्युनिस्टहरूको बाटो यही हो र यही बाटोबाट समाजवादसम्म पुग्ने हो ।’

उनले यही प्रक्रियाबाट नै कम्युनिस्ट आन्दोलन एकीकृत र ध्रुवीकृत हुने बताउँदै नेपाली जनताको अपेक्षा पनि यही भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस