९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा मालपोतद्वारा एघार लाख राजस्व छुट

अ+ अ-

काठमाडौँ । भूस्वामित्व प्राप्त गर्दा राजस्व दस्तुर छुट दिने प्रावधानले महिलाका नाममा जग्गा खरिद गर्नेको सङ्ख्या क्रमशः वृद्धि हुँदै आएको छ । महिलाका नाममा जग्गामा भूस्वामित्व कायम गराउने कार्यलाई बढवा दिई आत्म मनोबल उच्च पार्ने उद्देश्यले राजस्व छुटमा सरकारले ल्याएको नीति प्रभावकारी बन्दै गएको हो ।

गत साउनदेखि फागुन मसान्तसम्म महिलाका नाममा पारित भएको लिखतबाट मालपोत कार्यालयले रु ११ लाख ६८ हजार ८३ राजस्व छुट दिएको छ । मालपोत कार्यालय प्रमुख गणेश श्रेष्ठका अनुसार साउनदेखि फागुन मसान्तसम्म १४६ महिलाले जग्गाको भूस्वामित्व प्राप्त गरेको र सरकारको नीतिबमोजिम तोकिएको शुल्कमा ग्रामीण महिलाले ५० प्रतिशत र सदरमुकाम क्षेत्रमा बसोबास गर्ने महिलाले २५ प्रतिशत राजस्व दस्तुर छुट पाउँदै आएका छन् ।

गत एक वर्षको अवधिमा १८९ महिलाले भूस्वामित्व प्राप्त गरी रु नौ लाख आठ हजार ७३९ रजिस्टेशन शुल्क छुट पाएको प्रमुख श्रेष्ठले जानकारी दिए । रजिस्टेशन शुल्कमा छुट पाउने भएपछि श्रीमतीका नाममा जग्गा रजिस्टेशन पारित गराउन प्रफुल्लित रूपले श्रीमान्समेत कार्यालयमा उपस्थित हुने गरेको पाइएकाले केही वर्षपछि अधिकांश महिलाले भूस्वामित्व प्राप्त गर्ने अनुमान गरिएको मालपोतका पुराना अनुभवी कर्मचारी छेक्याल तामाङले बताए ।

यस्तै मालपोत कार्यालयले गत साउनदेखि फागुन मसान्तसम्म दृष्टि बन्धकबाहेक ५०६ थान लिखत पारित गरेको छ । यसरी पारित भएका लिखतमा जग्गा लेनदेनको राजीनामा, दर्ताफारी, दान बकपत्र, अंशबन्डा, अंश भर्पाईसमेत रहेका छन् ।

पारित लिखतबाट निर्धारित दररेटबमोजिम रु ९९ लाख ४६ हजार ३७९ राजस्व प्राप्त भएको उक्त कार्यालयले जनाएको छ । गत वर्ष र यस वर्षको सोही अवधि तुलना गर्दा आठ महिनाको अन्तरालमा २१ प्रतिशतले राजस्वको दस्तुर वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस