काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा दोलखा पुगेका छन्। उनी शनिवार बिहान हेलिकप्टरमार्फत दोलखा पुगेका हुन्।
देउवाले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको अवलोकन पनि गर्ने उनको सचिवालयले जनाएको छ।
देउवाले शनिवार नै रामेछाप पुगेर खिम्ती पावर सब-स्टेसनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ।
माथिल्लो तामाकोसी ४५६ मेगावाट क्षमताको हो। नेपाल विद्युत् प्राधिकरणका अनुसार खिम्ती सब-स्टेसन २२÷१३२ केभी क्षमताको हो। यो केन्द्रीय विद्युत् प्रणालीमा जोडिने दोस्रो ठुलो सब-स्टेसन रहेको प्राधिकरणले जनाएको छ।