१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धौलीगाड बृहत् खानेपानी आयोजना सरकारको प्राथमिकतामा : मन्त्री चौधरी

अ+ अ-

खलङ्गा । खानेपानी मन्त्री उमाकान्त चौधरीले जुम्लास्थित बृहत् धौलीगाड खानेपानी आयोजना निर्माण अब सरकारको प्राथमिकता परेको बताएका छन्

सो आयोजना शिलान्यासका लागि यहाँ आएका मन्त्री चौधरीले भने, ‘निर्माण प्रक्रिया अघि बढेको छ । समयमै खानेपानी निर्माण हुनेमा विश्वास लिएको छु ।’ धौलीगाड खानेपानी आयोजना एक अर्ब २६ करोड लागतमा निर्माण हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सूर्यराज कँडेलले बताए ।

उनले भने, ‘चन्दननाथ नगरपालिकासहित गुठीचौर र तातोपानी गाउँपालिकाका ४४ हजार १६३ घरधुरी धौलीगाड खानेपानी आयोजनाबाट लाभान्वित हुने छन् ।’ सदरमुकाम खलङ्गादेखि १५ किलोमिटर दूरीमा रहेको पानीको मुहानबाट प्रतिसेकेन्ड ५५ लिटर पानी ल्याउने डिजाइन स्टिमेटमा उल्लेख गरिएको मन्त्रालयका सचिव सुरेश आचार्यले बताए ।

जुम्लाका लागि धौलीगाड बृहत् खानेपानी आयोजना निर्माण निश्चित हुने भएकाले यहाँका खानेपानीबाट वञ्चित भएका स्थानीयवासीलाई निकै राहत पुग्ने कर्णाली प्रदेशका पूर्व कानुनमन्त्री नरेश भण्डारीले बताए ।

३८ लाख ४५ हजार ६९९ लिटर पानी प्रतिदिन घरायसी खपत हुने बताइएको छ । संस्थागत ३ लाख ८४ हजार ५६९ लिटर प्रतिदिन पानी खपत हुने आयोजना प्रमुख महेश न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस