१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेन–रुस शान्ति वार्ता थप केही हप्तासम्म लम्बिने

अ+ अ-

कीभ । रुस र यूक्रेनबीच विभिन्न विषयहरूमा भइरहेको वार्ता थप धेरै समय लम्बिन सक्ने यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सहयोगीले बताएका छन् ।

युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोदोल्याकलाई उद्धृत गरी ‘द किभ इन्डिपेन्डेन्टले शनिबारको समाचारमा उल्लेख गरेको छ, ‘मस्कोको अडानहरू अझै पनि उस्तै रहेको देखिएको छ । सुरक्षा ग्यारेन्टी, रुसी सेनाको निकासी र युद्धविरामजस्ता विषयहरूमा वार्ताले ‘धेरै समय लिन सक्छ’ ।’

यसअघि शनिबार रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले रुसी हवाई सुरक्षा प्रणालीले शुक्रबार राति पनि ६९ युक्रेनी सैनिक केन्द्रहरूमा प्रहार गरेको बताएका थिए।

उनका अनुसार त्यसमा चार वटा कमान्ड पोस्ट र चार वटा एन्टि–एयरक्राफ्ट मिसाइल प्रणाली रहेका छन् । यसैबीच अमेरिकाले रुसले प्रयोग गर्ने १०० विमानको मर्मत सम्भारमा प्रतिबन्ध लगाउने बताएको छ ।

द किभ इन्डिपेन्डेन्टअनुसार यी मध्ये एउटा हवाईजहाज रुसी अर्बपति रोमन अब्रामोभिचको हो ।

संयुक्त राज्य अमेरिकाको पेन्टागन प्रमुख लोइड अस्टिनले युक्रेनमा आफूहरूले न त युद्धमा प्रत्यक्ष संलग्न हुनेछन् न यूक्रेनी आकाशलाई रुसी उडान विरोधी क्षेत्र स्थापना गर्ने बताए ।

युक्रेनका सशस्त्र फौजका जनरल स्टाफका अनुसार रुसले युक्रेनविरुद्धको आक्रमणको समर्थन गर्न आर्मेनियाको १०२ औँ रुसी सैनिक बेसबाट आफ्नो फौज तैनात गर्ने योजना बनाएको थियो तर फेब्रुअरी २४ मा रुस निकट मानिने डोनेट्स्क र लुहान्स्कका नागरिकले सुरक्षाको लागि मदत मागेपछि रुसले युक्रेनमा विशेष सैन्य परिचालन सुरु गरेको रुसले दाबी गर्दै आएको छ ।

रुसले युक्रेनमा आफ्नो सैन्य परिचालन रोक्न अन्तर्राष्ट्रिय समुदायबाट अत्यधिक दबाबको सामना गर्दै आएको छ । रुसको आक्रमणपछि युक्रेनबाट हजारौँ शरणार्थीहरू छिमेकी देशहरूबाट पश्चिमी मुलुक प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस