७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन क्षेत्रमा पलाएको आस !

अ+ अ-

बलेवा । नेपाल भ्रमण वर्ष सन् २०२० घोषणा हुँदा बागलुङका पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार भयो ।

जिल्लामा नेपाल भ्रमण वर्षमा हजारौँ पर्यटक भित्र्याउने लक्ष्य थियो तर कोरोना महामारीका कारण देश प्रभावित हुँदा बागलुङ पनि स्वाभाविक हिसाबले प्रभावित भयो ।

राज्यको पुनः संरचनापछि पहिलोपटक स्थानीय तहमा आएका जनप्रतिनिधि अधिकांशको मुख्य ‘एजेन्डा’ बनेको पर्यटन प्रवर्द्धनमा सहयोगी बन्दै गरेको नेपाल भ्रमण वर्षमा कोरोना महामारी बाधक बन्यो ।

दुई वर्षको अन्तरमा कोरोनाका विभिन्न भेरियन्टले असर परेको जिल्लाको पर्यटन क्षेत्र पुनः जुर्मुराउन थालेको छ ।

बागलुङ कालिका, पञ्चकोट, शालग्राम सङ्ग्रहालय, गलकोटस्थित मूर्तिकला कार्यशाला, ढोरपाटन सिकार आरक्ष, गाँजाको दह र हाँडीकोटको टापुमा भरिभराउ पर्यटक देखिन थालेका छन् ।

‘आन्तरिक पर्यटनका लागि गाँजाको दहमा यस वर्ष गुराँस महोत्सव नै भयो’, जैमिनी नगरपालिकाका उपप्रमुख लीला रानाले भने, ‘कोरोना मत्थर भएपछि पर्यटन प्रवर्द्धनको सुरुआत भएको छ ।’

जैमिनीकै हाँडीकोट टापुमा यस वर्षको फागु पूर्णिमा मनाउन सयौँ युवा पुगे । गुराँस फुलेर सिङ्गारिएको हाँडीकोटले लामो समयपछि आन्तरिक पर्यटक पायो ।

‘साथीसँग मिलेर होली खेल्न हाम्रो रोजाइ बन्यो हाँडीकोट’, जैमिनी नगरपालिकाका लक्ष्मण पौडेलले भने, ‘सहरका पार्टी प्यालेसमा पुगेर गर्ने खर्च बच्यो, आफ्नै ठाउँमा गुराँससँग होली खेलियो ।’

बागलुङ नगरपालिकाले आयोजना गरेको बृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्न हालै बागलुङ आएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पञ्चकोट, शालग्राम सङ्ग्रहालय र बागलुङ कालिका भगवती घुमेर फर्किए ।

लुम्बिनी गार्डेन फाउन्डेसनको सहयोगमा भएको शिविरमा आएका स्पेनका नौ चिकित्सकलाई पनि यहाँका पर्यटकीय क्षेत्र घुम्न यस पटक कोरोनाले छेकेन ।

संसारकै लामो दाबी गरिएको बाङ्गेचौर–अदुवारी झोलुङ्गेपुल पुगेका स्पेनी नागरिक त लामो पुल देखेर दङ्ग परे । पुलमा बिदाको दिन सयौँ र अरु दिनमा पनि धेरै पर्यटक पुग्ने गरेका छन् ।

जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन यहाँ आएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार ढोरपाटन सिकार आरक्ष घुमे।

बागलुङ बजारबाट ढोरपाटनसम्म पुगेका पोखरेलले गलकोट, बडिगाड, काठेखोला र बागलुङ नगरभित्रका अधिकांश पर्यटकीय क्षेत्र घुम्न भ्याए । उनले प्रदेशको समृद्धिसँग ढोरपाटन सिकार आरक्षलाई जोड्नुपर्ने बताए।

शुक्रबार जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुँदै उनले नेपालको एक मात्र सिकार आरक्षका रूपमा रहेको ढोरपाटन स्वदेशमा मात्रै नभएर विदेशमा पनि चासो र चर्चा पाएको स्थल भएकाले यसलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताए ।

तर कुन कार्यक्रमले समृद्धि आउने भन्ने खुलाएनन् । सङ्घीय सरकारको स्वामित्वको ढोरपाटनमा समृद्धिको योजना ल्याउने अधिकार पनि सङ्घमै छ ।

फागुनको दोस्रो सातायता बागलुङका विभिन्न पर्यटकीयस्थल र घरबासमा देखिएका पर्यटकले फेरि पर्यटन क्षेत्र जुर्मुराइरहेको सङ्केत गरेका छन् ।

‘लामो समय हामीले हात बाँधेर बस्यौँ, अब त्यो दिन नआओस्’, अतिथि सत्कार सामुदायिक घरबासका सञ्चालक यामबहादुर थापाले भने, ‘कोरोनाले थला परेको व्यवसाय अब फेरि उठ्ने तयारीमा छ ।’

यहाँका सबै स्थानीय तहले पर्यटकीय क्षेत्रको पुनः उत्थानका लागि लगानी र वातावरण तयार गर्नुपर्ने सर्वसाधारणको माग छ ।

प्रतिक्रिया दिनुहोस