१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरङको लेटाङमा झडप, एक महिला प्रहरीको मृत्यु

अ+ अ-

काठमाडौँ । मोरङको लेटाङ–५ खेरुवामा आक्रोशित भीडको आक्रमणमा एक महिला प्रहरीको मृत्यु भएको छ । स्थानीय शिक्षा विकास माविका एक शिक्षकले १२ बर्सिया वालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा उत्तेजित भिडको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

भिडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । कोसी अस्पतालमा राति ११ बजे शव पुर्‍याइएकी श्रेष्ठको घाँटीमा ठुलो प्वाल रहेको आकस्मिक कक्षका एक चिकित्सकले बताए ।

होलीका दिन होली खेल्ने क्रममा घरमा आएका सामाजिक शिक्षाका विषयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले आफूलाई यौन दुर्व्यवहार गरेको कक्षा ६ मा पढ्ने १२ बर्सिया छात्राले बताएकी थिइन । उक्त घटनाबारे शिक्षक र अभिभावकको आइतबार साँझ बसेको बैठकमा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयले आक्रमण गर्दा प्रहरी जवान श्रेष्ठको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

श्रेष्ठलाई आक्रोशित भिडले छुरा प्रहार गरेको र उनको उपचारकालागि विराटनगर लैजाने क्रममा मृत्यु भएको दाहालले बताए । प्रजिअ दाहालका अनुसार आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्याँस र हवाई फायर गरेको थियो । त्यस क्रममा लेटाङ ८ का मिलन खड्का र आयुष लिम्बुलाई प्रहरीको गोली लागेको छ । अवस्था सामान्य रहेका उनीहरूको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको दाहालले बताए ।

उत्तेजित भीडले पौडेलसहित अन्य शिक्षकलाई पनि बन्धक बनाएर आक्रमण गर्ने प्रयास गर्दा स्थितिलाई नियन्त्रण गर्न पुगेका प्रहरीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । त्यस क्रममा थप १६ जना सुरक्षाकर्मी घाइते भएको प्रजिअ दाहालले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

स्थानीयवासी प्रशान्त निरौलाकारअनुसार आक्रोशित भिडले शिक्षक पौडेल सहित अन्य शिक्षक र जनप्रतिनिधिलाई घेरामा हालेर अन्धाधुन्ध आक्रमण गरेपछि सुरक्षाकर्मीले नियन्त्रणको प्रयास गर्दा घटना भएको हो । उनका अनुसार भिड नियन्त्रण गर्न प्रहरीले दर्जन बढी हवाई फायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस