१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धनबिना लड्ने तयारी साथ चुनावमा होमिन माओवादीको निर्देशन, १ सय ३७ वटै पालिकामा तोकिए कमाण्डर

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रदेश १ कमिटीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनबिना लड्ने तयारीका साथ चुनावमा होमिन कार्यकर्तालाई निर्देशन दिएको छ ।

निर्वाचन परिचालन सम्बन्धी अभियान निर्देशिका जारी गर्दै माओवादी केन्द्रले प्रदेशभरका सम्पूर्ण शक्ति निर्वाचनमा लागेको जनाएको छ । ‘हामीलाई हार्ने छुट छँदै छैन । हाम्रो हार, निर्वाचनमा हाम्रा उम्मेदवारहरूको हार वा पार्टीको मात्रै हार हुँदैन, हामी हार्‍यौँ भने जनता हार्नेछन्,’ परिपत्रमा भनिएको छ, ‘अभियान टिममा रहने नेतृत्व वा टिम सदस्य कसैको हकमा पनि बहाना बाजी गरेर पन्छिनु वा देखा मात्रै पर्ने कुरा क्षम्य हुनेछैन ।’

माओवादीले विपक्षीको भण्डाफोर रणनीतिका लागि छुट्टै ‘स्थानीय चुनाव प्रचार–प्रसार तथा प्रकाशन निर्देशिका’ पनि जारी गरेको छ ।

निर्देशिका अनुसार माओवादी केन्द्रले चैत १५ गतेभित्रै चुनावी अभियानसहित टोलहरूमा पुगिसक्न मातहतका कमिटीहरूलाई परिपत्र जारी गरेको छ । माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङले चैत १५ गतेभित्र सम्पूर्ण वडा कमिटीको बैठक सम्पन्न गरेर चुनावी अभियानसहित टोल टोलमा परिचालन हुन सर्कुलर जारी गरेका हुन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सङ्गठन सुदृढीकरण अभियान अघि बढाएको माओवादी केन्द्रले न्यूनतम ‘एक वडा एक टोल, एक टोल तीन सेल’ गठन गरी जनताको घरघरमा पार्टीको नीति र योजनाका बारेमा जानकारी गराउन निर्देशन दिएको छ ।

सहिद तथा बेपत्ता योद्धाहरूको परिवार, घाइते तथा जनयुद्ध तथा राजनीतिक आन्दोलनमा पीडित भएकाहरूसँग भेटघाट गरी राजनीतिक कुराकानी तथा अन्य समस्याहरूको बारेमा छलफल गर्न पनि माओवादीले तल्ला कमिटीहरूलाई निर्देशन दिएको छ । जनतासँगको सम्बन्ध सुमधुर र सुदृढ बनाउने काममा निरन्तर क्रियाशील रहन र चैत १५ गतेभित्रै पालिका तहमा निर्वाचन परिचालन समिति बनाइसक्नु पर्ने परिपत्रमा उल्लेख छ ।

वडा स्तरीय निर्वाचन परिचालन समिति गठन गर्दा केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, कमाण्डका, सदस्य, जिल्लाका पदाधिकारीसमेतलाई उपस्थित गराउन भनिएको छ ।

निर्वाचनका समयमा विपक्षीबाट विभिन्न आरोप लगाइने र भ्रमहरू सिर्जना गरिने भएकोले त्यसको सशक्त प्रतिवाद गर्न कार्यकर्ताहरूलाई टोल तहमै प्रशिक्षण दिने व्यवस्था मिलाउन पनि भनिएको छ । युवा, महिला, शिक्षक, बुद्धिजीवी र ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरूलाई पनि वडा र टोलहरूमा हुने अभियानमा अनिवार्य परिचालन गर्न परिपत्रमार्फत निर्देशन दिइएको छ ।

नेकपा माओवादी केन्द्रले प्रदेश १ का १४ जिल्लालाई विभिन्न पाँच कमाण्डमा विभाजन गरेर निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिरहेको छ । झापा, मोरङ र सुनसरी कमाण्डको नेतृत्व प्रदेश कमिटीका पदाधिकारीहरू गणेश उप्रेती, कुमारी राई र गगन पुरीले, भोजपुर र खोटाङ कमाण्डको नेतृत्व देवान चाम्लिङले, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर कमाण्डको नेतृत्व सागर किराँतीले र धनकुटा, तेह्रथुम र सङ्खुवासभा कामाण्डको नेतृत्व ऋषिराम ढुङ्गानाले गर्ने गरी परिचालन गरेको परिपत्रमा उल्लेख छ ।

वैशाख ३० गते हुने निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यक्रम छ । माओवादी केन्द्रले चैत २५ गतेभित्र सम्बन्धित कमिटीबाट उम्मेदवार सिफारिस गरिसक्न भनेको छ । वडाध्यक्ष र सदस्यहरूको नाम वडा कमिटीले र पालिका अध्यक्ष वा उपाध्यक्ष तथा प्रमुख उपप्रमुखको नाम पालिका कमिटीले सिफारिस गर्ने परिपत्रमा उल्लेख छ । पालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख उपप्रमुखको नाम सम्बन्धित पालिका, जिल्ला समन्वय र कमाण्ड हुँदै प्रदेश कमिटीमा सिफारिस गर्नुपर्ने र प्रदेश कमिटीले नै अन्तिम निर्णय गर्ने भनिएको छ । उम्मेदवार छनौटमा समस्या देखिने सम्भावनाका आधारमा उम्मेदवार छनौट सहजीकरण उपसमिति गठन गर्न पनि परिपत्रमा भनिएको छ । त्यसअघि प्रदेश १ का १३७ स्थानीय तहमा पालिका स्तरीय सभा आयोजना गरी चैत २४ गते जनआन्दोलन दिवस मनाउन पनि निर्देशन गरिएको छ ।

आगामी निर्वाचनमा जित हासिल गर्न सकिने सम्भावनालाई दृष्टिगत गरेर पालिकाहरूलाई चार श्रेणीमा विभाजन गरेर चुनाव प्रचार र अभियानहरूलाई तीव्रता दिने माओवादीको योजना छ । जित्ने सम्भावना बलियो भएका पालिकाहरूलाई ‘क’, मेहनत गर्दा जित्न सकिनेलाई ‘ख’, केही वडाहरू जित्न सकिनेलाई ‘ग’ र वडाहरूसमेत जित्न नसकिने स्थानीय तहहरूलाई ‘घ’ श्रेणीमा राखेर शक्ति परिचालन गर्ने माओवादीको तयारी छ । त्यसका लागि चैत २० गतेसम्म प्रारम्भिक मत सर्वेक्षण गरेर रिपोर्टिङ गरिसक्न सर्कुलर गरिएको छ ।

निर्वाचन प्रणाली महँगो र अति खर्चिलो हुँदै गएकाले जनसम्बन्ध बढाउन र पार्टीप्रतिको विश्वास वृद्धि गरी कम खर्चमा चुनाव सम्पन्न गर्न पनि निर्देशन दिइएको छ । वडा तहमा आर्थिक समिति गठन गरी कोष तयार पार्न तथा आन्तरिक स्रोतबाटै खर्चको प्रबन्ध गर्न र व्यवस्थित रूपमा खर्च गरी हिसाब चुस्त राख्न निर्देशन दिइएको छ । यस्तै उपसमिति बनाएर घोषणापत्र तयार पार्न, एक वडा एक जनसभा, एक जनसभा एक वक्ताको व्यवस्था मिलाउन पनि भनिएको छ । जनसभाहरूमा थोरैले छोटोमा मुख्य विषयवस्तुहरू प्रस्तुत गर्न सुझाव दिइएको छ ।

स्थानीय तहको निर्वाचनमा शक्ति सन्तुलनमा आधारमा तालमेलको सम्भावना रहने भएकोले तालमेल सम्बन्धी निर्णय गर्ने अधिकार भने प्रदेश कमिटीलाई दिएको जनाइएको छ । वडा तथा पालिकाको मत सर्वेक्षणका आधारमा चुनावी तालमेल सम्बन्धी निर्णय प्रदेश कमिटीले गर्ने परिपत्रमा उल्लेख छ ।

नेकपा माओवादी केन्द्रले सबैभन्दा राम्रो मत परिणाम ल्याउने पालिका, धेरै वडा जित्ने पालिका र जिल्लालाई पुरस्कृत गर्ने, राजकीय अवसरहरूमा तिनीहरूलाई नै प्राथमिकता दिने प्रतिबद्धतासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस