९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानले आगामी पाँच वर्षभित्र भारतमा ४२ अर्ब डलर लगानी गर्ने

अ+ अ-

नयाँ दिल्ली । न्युजापानले आगामी पाँच वर्षभित्र भारतमा ४२ अर्ब डलर अर्थात् ३० खर्ब २० अर्ब भारु बराबरको लगानी गर्ने भएको सम्झौता भएको भारतले जनाएको छ ।

जापानी प्रधानमन्त्री फुमियो किशिदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार नयाँ दिल्लीमा भएको शिखर वार्ताका क्रममा सो सम्झौता भएको हो ।

भारतीय प्रधानमन्त्री मोदीले आफू र आफ्ना जापानी समकक्षी किशिदाबीचको भेटवार्ता बृहत् र उपलब्धिमूलक भएको बताएका छन् ।

मोदीले ट्विटर सन्देशमा भने, ‘प्रधानमन्त्री किशिदासँगको वार्ता अर्थपूर्ण तथा उपलब्धिमूलक रहेको छ । उहाँ सधैँ भारतको असल मित्र हुनुहुन्छ । हामीबीच विगत केही वर्षमा भएका छलफल दुवै मुलुकको प्रगतिका कारक भएका छन् । जापानी प्रधानमन्त्रीसँग दुई पक्षीय सम्बन्ध बिस्तारका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयहरूमा छलफल भएको छ ।’

दुई देशबीच आपसी सहयोग सम्बन्धी ६ वटा सम्झौतामा पनि हस्ताक्षर भएको छ । मोदी र किशिदाबीच रुस–युक्रेन युद्ध र एसिया प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावका विषयमा समेत छलफल भएको छ । जापानले पछिल्लो समय भारतमा लगानी बढाउँदै आएको छ ।

भारतको आर्थिक राजधानी मुम्बइदेखि औद्योगिक सहर अहमदावादसम्म बुलेट रेल बनाउने आयोजनामा पनि जापानले लगानी गरिरहेको छ । जापानले सन् २०१४ देखि ०१९ सम्म भारतमा २९ अर्ब डलर लगानीका आयोजना सम्पन्न गरिसकेको छ ।

एसिया प्रशान्त क्षेत्रका दुई ठुला अर्थतन्त्रबीचको नयाँ आर्थिक सम्झौताले यस क्षेत्रको स्थायित्वमा सघाउ पुर्‍याउने विश्वास समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस