९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जग्गा नपाएपछि भूमिहीन सुकुम्वासीले घेरे पोखरा महानगरपालिका

अ+ अ-

काठमाडौँ । पोखरामा रहेका भूमिहीन सुकुम्वासीले महानगरपालिकाले आयोगलाई असहयोग गरेको भन्दै कार्यालय घेरेका छन् । सोमबार न्यूरोडस्थित महानगर कार्यालयअघि उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

उनीहरूले भ्रष्टाचारको विरोध गरेका छन् भने तत्कालै भूमिहीनको समस्या समाधान गर्न माग गरेका छन् । पोखरा महानगरपालिकामा मात्रै करिब ४० ठाउँमा सुकुम्वासी छन् । जिल्लाभर ४५ देखि ५० हजार सुकुम्वासी रहेको प्रारम्भिक अनुमान छ ।

काजी पोखरीको सुकुम्वासी टोलमा बस्दै आएका रमेश बल्कोटी पटक पटक ध्यानाकर्षण गराउँदासमेत महानगरले अटेर गरेको बताउँछन् । ‘यति समय भयो । धेरै मागपत्र बुझायौँ । भेटेर सल्लाह पनि गर्‍यौँ । हुन्छ भन्छन् तर काम गर्दैनन्,’ उनले भने, ‘अन्यत्र जिल्लामा आयोगको काम अघि बढिसक्यो । हाम्रोमा नगरपालिकाले फिटिक्कै काम गरिदिएन ।’

पहिलेको आयोगले प्रारम्भिक रूपमा निवेदन लिएको थियो । तर निवेदनअनुसार काम अघि बढेको छैन । ‘पहिलाको सरकारले भरेको फारम वडामै थन्किएको छ । प्रक्रिया चल्दै चलेन, चलाइदियोस् भनेर माग गरेका हौँ,’ उनी भन्छन्, ‘धेरै जिम्मेवारी स्थानीय सरकारलाई छ । यता महानगरले वास्ता गरिदिएन ।’

आफूहरूलाई भोटका बेला मात्रै प्रयोग गर्ने र त्यसपछि आफ्ना मुद्दा सम्बोधन नगर्ने समस्याका कारण सुकुम्वासीले मुक्ति नपाएको उनको गुनासो छ । ‘हिजो सुकुम्वासीको भोटले जित्ने, आज सुकुम्वासीका काम नगरिदिने रु,’ बल्कोटी भन्छन्, ‘यस्तै अवस्था भैरहे नगरपालिकाले कामै गर्न नसक्ने गरी ठप्पै गरिदिन्छौँ ।’

छिनेडाँडास्थित सुकुम्वासी टोलका बलवीर राना तत्काल काम अघि बढाइदिन माग गर्छन् । ‘हामीले मेयरको घरको सम्पत्ति मागेको होइन । राज्यले बनाएको नीति अनुसारको काम अघि बढाइदेऊ भनेको त हो नि,’ उनले भने, ‘आफ्नै घरको दिने जस्तो गर्छन् ।’ समस्या तत्काल समाधान नभए सङ्घर्ष चर्काउने उनीहरूको चेतावनी छ ।

आयोगका कास्की अध्यक्ष गङ्गा पोखरेलले महानगरले सम्झौता नगरेको बताए । ‘अन्नपूर्णबाहेक अरू पालिकाले सम्झौता गरिदिएनन् । सम्झौता नगरीकन काम अघि बढ्दैन,’ उनले भने, ‘छिटो सम्झौता गरिदिन आग्रह गरेका छौँ ।’ महानगरले भने प्रक्रियागत रूपमा काम भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस