५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिलाइ व्यवसायका लागि आवश्यक पर्ने सामानमा राज्यले विशेष छुट दिनुपर्छ : मन्त्री आले

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सिलाइ व्यवसाय सम्मानित पेसा भएको बताएका छन् ।

नेपाल कपडा तथा सिलाइ व्यवसायीको दोस्रो साधारण सभामा मन्त्री आलेले सिलाइ व्यवसाय सम्मानित पेसा भएको र उक्त व्यवसायलाई सबैले सम्मान गर्नुपर्ने बताए ।

उनले भने, ‘पेसा सबैको सम्मानित नै हुन्छ तर सिलाइ व्यवसाय भनेको झनै सम्मानित पेसा हो, सिलाइ व्यवसायीलाई सबैले सम्मान गर्नुपर्छ ।’ मन्त्री आलेले नेपाल कपडा तथा सिलाइ व्यवसायीका समस्या समाधानका लागि आफूले पहल गर्नेसमेत जानकारी गराए । सिलाइ व्यवसायीलाई आवश्यक पर्ने सामान खरिद गर्नमा राज्यले विशेष छुट दिनुपर्नेसमेत बताए ।

कोभिडका कारण सिलाइ व्यवसाय धराशायी भएकाले उक्त व्यवसाय गर्दा चाहिने सामग्री खरिदमा भन्सार छुटका लागि प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग आफूले कुरा गर्नेसमेत मन्त्री आलेले आश्वासन दिए । सिलाइ व्यवसाय सबैलाई उपयुक्त हुने व्यवसाय भएकाले आफू उक्त व्यवसायको सधैँ सम्मान गर्दै आएको बताए ।

उनले विगतका सरकारका पालामा नारायणहिटी राजदरबार सङ्ग्रहालय कौडीको भाउमा दिएकाले आफूले कौडीको भाउमा दिएको सङ्ग्रहालय फिर्ता ल्याउँदा अहिले धेरैको टाउको दुखाइ भएकोसमेत बताए ।

उनले भने, ‘नारायणहिटी राजदरबार सङ्ग्रहालय कौडीको भाउमा दिन हामीले गणतन्त्र ल्याएका हौँ र ? राज्यको सम्पत्ति दोहन गर्न कसैलाई पनि दिन्न ।’ मन्त्री आलेले भने, ‘म नेपाली जनताको शिर ननिहुरिने गरी काम गर्छु, आफू पनि गलत गर्दिनँ र गर्न पनि दिन्नँ ।’

उनले वैदेशिक रोजगारीमा जाने नागरिकका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विश्रामस्थल, तातोपानी, चिसोपानी, निःशुल्क वाइफाइको व्यवस्था मिलाइएको र विमानस्थलमा कोभिड परीक्षण गरेको शुल्क रु दुई हजारबाट घटाएर एक एक हजार १०० बनाएको बताए ।

विमानस्थलमा रहेका ट्याक्सी व्यवसायीले मिटरमा जान नमान्ने, मनोमानी रकम लिने गरेका कारण आफूले यात्रुलाई सहज होस् भनेर विमानस्थलबाट गोल्डेनगेटसम्म निःशुल्क सटल बस सञ्चालन गरेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस