१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाइजेरियामा अन्धाधुन्ध गोली हानी १६ गाउँलेको हत्या

अ+ अ-

अबुजा । नाइजेरियाको उत्तर पश्चिमी राज्य जामफारामा अज्ञात बन्दुकधारीहरुले अन्धाधुन्ध गोली हानी १६ जना सर्वसाधारण गाउँलेको हत्या गरेका छन् ।

जामफारा प्रहरीले सो घटनाको पुष्टि गरेको छ । समाचारअनुसार ती गाउँलेमाथि अज्ञात बन्दुकधारीहरुले गोली हानेका थिए ।

उनीहरुले उक्त राज्यको गनार कियाना भन्ने गाउँमा पुगेर गाउँलेमाथि गोली चलाएका थिए । ठुलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका र अरु कयौँलाई नराम्ररी घाइते बनाएका छन् ।

गत आइतबार राति सो गाउँमा ठुलो हिंसा भएको प्रहरीले जनाएको छ । तर ती गाउँलेको कसले र किन हत्या गरेको हो भन्ने बारेमा भने प्रहरीले केही पनि बताएको छैन ।

प्रत्यक्षदर्शीहरुले त्यस गाउँका गाउँलेमाथि ठुलो संख्याका हतियारधारी आएर बन्दुकले हमला गरेको बताएका थिए । उनीहरुले दर्जनौँ गाउँलेलाई घाइते बनाएका छन् ।

ती गाउँमा गएका केही महिनादेखि हिंसाका घटना भइरहेका छन् । तर ती हत्याको जिम्मेवारी भने कुनै पनि समूहले लिएको छैन ।

उक्त राज्यका प्रहरी प्रमुखले शान्ति सुरक्षा कायम गर्नका लागि भन्दै यहाँको प्रान्तीय सरकारसँग थप सुरक्षाकर्मी माग गरेको जानकारी दिएको सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस