९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनमा तालमेल हुने वा नहुने काँग्रेसको हातमा छ : अध्यक्ष प्रचण्ड

अ+ अ-

जनकपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने वा नहुने कुरा नेपाली काँग्रेसमा निर्भर रहेको बताएका छन् ।

सो पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आज जनकपुरधाम पुगेका अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् ।

‘अहिलेसम्म पाँच दलीय गठबन्धनभित्र कुनै प्रकारको तिक्तता छैन’, उनले भने, ‘आसन्न निर्वाचनमा पनि तालमेल गरेर जानुपर्ने कुरा भइरहेको छ, तर तालमेल हुने वा नहुने कुरा नेपाली काँग्रेसको हातमा छ ।’

अध्यक्ष दाहालले हामीले गठबन्धनलाई निरन्तररुपमा अघि बढाउनुपर्ने पक्षमा छौँ तर काँग्रेसभित्र तालमेलको विषयलाई लिएर फरक फरक कुरा आइरहेकाले आगामी यात्रा कसरी अघि बढ्छ, त्यो काँग्रेसकै भूमिकामा निर्भर हुने बताए ।

‘स्थानीय तहको निर्वाचनमा काँग्रेस तालमेल गर्न तयार भए आफूहरु पनि तयार छौँ, तर काँग्रेसले गर्न चाहेन भन्ने हामी पनि आफ्नै तरिकाले चुनावमा जान्छौँ’, उनले भने, ‘त्यसैले कसरी जाने भन्ने कुरा काँग्रेसकै हातमा छ ।’ हामी आफ्नै खुट्टामा उभिएर चुनावी परिणाम ल्याउने गरी तयारी गरिरहेको उनको भनाइ छ ।

अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सामेल गराउने विषयमा गठबन्धनभित्र कुनै छलफल नभएको तर प्रधानमन्त्री र लोसपाका नेताबीच छलफल भइरहेको जानकारी दिदैं सत्ता साझेदार दलबीच मन्त्री हेरफेरबारे छलफल भइरहेको बताए ।

‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रुपमा टुङ्गिएको छैन’, उनले भने, ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना छ ।’ अध्यक्ष दाहालले अब बस्ने प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयक र रेलसम्बन्धी विधेयक प्रस्तुत हुने बताउँदै त्यही बैठकबाट दुवै विधेयक पारित गरिने पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस