काठमाडौं । सर्वोच्च अदालतले आसन्न स्थानीय निर्वाचनमा उम्मेदवार हुने जनप्रतिनिधिले मनोनयनअघि राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम अन्तरकालीन आदेश जारी गरेको छ ।
न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आज (मंगलबार) कारण देखाउसहित सो आदेश जारी गरेको हो ।
सर्वोच्चले सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै निर्वाचन आयोगद्वारा जारी आचारसंहिता तत्काल कार्यान्वयन नगर्न भनेको हो ।