७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चैत मसान्तमै मेलम्चीको पानी राजधानीका धारामा : मन्त्री चौधरी

अ+ अ-

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको बताएका छन् ।

विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालय, सोफेनलगायत सरोकार भएका निकायले आयोजना गरेको कार्यक्रममा उनले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदा पनि अभाव हुने भएकाले याङ्री र लार्केको पानी पनि राजधानीमा ल्याउने सहमति भइसकेको बताए ।

‘सुक्खाग्रस्त क्षेत्रमा पम्पिङ र लिफ्टिङ गर्दा सिँचाइकै जस्तो मूल्य निर्धारणका लागि पहल गर्नेछु, पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने सपना यही चैत मसान्तसम्ममा पूरा हुनेछ, मेलम्चीको विकल्पका रुपमा सिस्नेरीलगायतका स्रोतको पनि अध्ययन भइरहेको छ’, उनले भने ।

शुद्ध खानेपानी नपुगेको सामुदायिक विद्यालयमा मन्त्रालयले पानी पुर्‍याउने प्रतिबद्धता उनले जनाए । तराई मधेसमा ८० देखि ९० प्रतिशतसम्म राज्यको लगानी गरेर ठुला ठुला ओभरहेड ट्याङ्की निर्माण गरिए पनि पूरा नभएको उल्लेख गर्नुहुँदै मन्त्री चौधरीले पूरा गर्ने गरी योजना अघि बढाइएको बताए ।

मन्त्रालयका सचिव सुरेश आचार्यले आर्सेनिक युक्त पानीलाई स्वच्छ र सुरक्षित बनाउन जरुरी रहेको उल्लेख गर्दै भूमिगत जलस्रोतका विषयमा थप अध्ययन र अनुसन्धान गरिनु आवश्यक रहेको सुनाए ।

मन्त्रालयले ‘पानीको स्रोतसँग जोडिएको हाम्रो ज्ञान, मूल फुटाउने हाम्रो अभियान’ का साथ विशेष कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिए ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ४० प्रतिशत चुहावट रोक्न सके यसले पनि धेरैलाई राहत मिल्ने भएकाले ध्यान दिन सचिव आचार्यले निर्देशन दिए ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले भूमिगत पानी व्यवस्थापन गर्न नसक्दा समस्या भएको बताए । वर्षामा एक हजार ६०० मिलिलिटर पानी पर्ने देशमा वर्षाको पानी सङ्कलन नगर्दा समस्या हुने गरेको उनको बुझाइ थियो ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले सुन्दरीजलबाट अहिले पनि उपत्यकामा ७० प्रतिशत पानी जाने गरेकामा मूलमुनि भने खानेपानी नभएकाले पानीको व्यवस्था गर्न मन्त्रालयसँग माग गरेका थिए ।

मेलम्चीको पानी पनि सुन्दरीजलमै प्रशोधन भएर उपत्यकामा वितरण हुन जाने भए पनि सुन्दरीजलवासी पानी हेरेर मात्र बस्ने गरी बनाइएको नीति गलत रहेको उनको भनाई थियो ।

कार्यक्रममा बिपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, नेपाल खानेपानी संस्थानका अध्यक्ष गुणाकर भुसाल, सोफेनका अध्यक्ष अनिलभद्र खनाललगायतले भूमिगत पानीको सही रुपमा उपयोग एवं व्यवस्थापन गरिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा पानीका बारेमा माध्यमिक तहका विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गरिएको थियो । सो अवसरमा मन्त्रालयका सचिव आचार्यले रचना गरेको पानीसम्बन्धी चेतनामूलक गीतको मन्त्री चौधरीले विमोचन गरेका थिए । सो अवसरमा पानीसम्बन्धी चेतनामूलक गीत र लघुनाटकसमेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस