१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसमा एकता जरुरी : प्रवक्ता महत

अ+ अ-

काभ्रेपलान्चोक । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको बताएका छन्।

उनले पार्टीको धुलिखेल नगर समितिद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आसन्न निर्वाचन लक्षित पार्टीको ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ अभियान’ द्वारा काँग्रेस एकाकारले पूर्णता पाउनेसमेत बताए ।

‘काँग्रेस एकाकार हुने वातावरण बन्दै गएको छ, त्यो जिल्ला जिल्लामा देखिँदै गएको छ, अब गुटउपगुट अन्त्य हुनेमा विश्वस्त छु’, पूर्व मन्त्रीसमेत रहेका महतले भने । उनले आगामी स्थानीय तहको निर्वाचनमा सबै तह काँग्रेसमय हुने दाबी गरे । उनले भने, ‘स्थानीय तहमा सबै निकाय जित्नेछौँ, सोही आधारमा सङ्घ र प्रदेश निर्वाचनमा पनि पूर्ण सफलता मिल्नेछ ।’

प्रवक्ता महतले काँग्रेस लोकतान्त्रिक मूल्य र मान्यता बोकेर हिँडेको बताउँदै विधिको शासनलाई पूर्णरुपमा स्थापित गर्नुपर्ने दायित्वसमेत आफूहरुमा रहेको उल्लेख गरे । ‘काँग्रेस भित्रका आन्तरिक मनमुटाव त्याग्दै पार्टीमा नवप्रवेशीलाई नयाँ–पुराना नभनी जिम्मेवारी दिएर सँगसँगै जानुपर्छ, यसबाट मात्रै पार्टीले बहुमत प्राप्त गर्दछ’, उनले भने । पार्टी सत्तामा हुँदा र नहुँदा एउटै कुरा गर्ने र सर्वदा सत्यको पक्षमा उभिने काँग्रेस मात्रै रहेको उनले दाबी गरे ।

काँग्रेसको एक महिने अभियानअन्तर्गत वडा, गाउँ/नगर समितिले आपसी सहकार्य गरी हरेक नागरिकको घरमा पुगेर उनीहरुको गुनासा तथा अपेक्षा धैर्यतापूर्वक सुन्न र भएका दुबिधाको निराकरण गर्न महतले नेता कार्यकर्तालाई आग्रह गरे ।

सो अवसरमा धुलिखेल नगरस्थित नेकपा (एमाले)लगायत दलका दर्जन जिल्लास्तरीय नेताकार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । पार्टीका केन्द्रीय सदस्य गणेश लामा, जिल्ला अध्यक्ष तीर्थ लामालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस