५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिका नाममा कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाहीको दायरामा ल्याइने

अ+ अ-

चितवन । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कृषिको नाममा कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताएका छन् ।

नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घले आजदेखि यहाँ सुरु गरेको पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी, २०७८ अन्तर्गतको कृषि कर्जा मेलाको उद्घाटन गर्दै उनले राज्यले कृषकलाई दिएको सुविधाको दुरुपयोग रोक्न राष्ट्र बैङ्कले काम गर्ने बताएका हुन् ।

उनले भने, ‘कृषिका नाममा कर्जा लिएर दुरुपयोग गर्नेलाई सच्याउने छौँ र कारवाहीको दायरामा ल्याउने छौँ ।’ राज्यले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ थियो । विसं २०८० सम्म हरेक बैङ्कले आफ्नो लगानीको १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने नीति बनाएको भन्दै उनले सरकार र बैङ्किङ क्षेत्रले गरेको लगानीबाट सोचे जस्तो सन्तुष्टि पाउन नसकेको बताए ।

अहिले पनि नेपालमा कृषिजन्य वस्तु आयात उच्च रहेको भन्दै उनले भने, ‘अब हामी कृषि क्षेत्रमा आत्मनिर्भर बन्नुपर्छ ।’ आयात घटाउनतर्फ सबै कृषक लाग्नुपर्ने उनको भनाइ थियो । कृषि क्षेत्रको लगानीमा कैयौँ ठाउँमा चेन ब्रेक भएको र यसले गर्दा सही ढङ्गले कृषि क्षेत्र अघि बढ्न नसकेको भन्दै उनले दुःख व्यक्त गरे ।

कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा। गोविन्दप्रसाद शर्माले मेलामा हुने गोष्ठीका क्रममा आएका निचोडका आधारमा राज्यले नीति निर्माण गर्दा मार्गदर्शन बन्ने बताए ।

सरकारले अहिले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उनले यस क्षेत्रको विकासका लागि राज्य र कृषक दुवै मिलेर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा कृषि विकास बैङ्कका प्रमुख कार्यकारी निर्देशक अनिलकुमार उपाध्याय र नबील बैङ्कका अध्यक्ष उपेन्द्र पौडेललगायतले बोलेका थिए ।

प्रदर्शनी चैत १२ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा कृषि यन्त्र, औजार उपकरण तथा प्रविधिका २० भन्दा बढी मुलुकमा उत्पादन भएका सामग्री राखिएको छ । एक सय ५० कक्ष रहेको प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २० करोडभन्दा माथिको कारोबार हुने अपेक्षा लिइएको छ । कार्यक्रम कृषि कर्जा मेला संयोजक सुनिता नेवा फुकीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस