२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरीवासीलाई निजी हतियार बुझाउन जिल्ला प्रशासनको निर्देशन

अ+ अ-

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि सुनसरीवासीलाई जिल्ला प्रशासन कार्यालयले निजी हतियार तत्काल बुझाउन निर्देशन गरेको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना सार्वजनिक गर्दै जिल्लावासीले अनुमति लिएर राखेका हतियार पन्ध्र दिनभित्र बुझाउन आग्रह गरेको हो ।

सुनसरीका विभिन्न व्यक्तिले अनुमति लिएर घरमा राखेका हतियारले स्थानीय निर्वाचनमा शङ्का उत्पन्न गराउने र हतियारको दुरुपयोग हुन सक्ने भन्दै शान्ति सुरक्षा मजबुत बनाउनका लागि हतियार बुझाउन निर्देशन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले बताएका छन्।

उनले जिल्लाका विभिन्न स्थानीय निकायमा सर्वसाधारणले दर्ता गरेर राखेका निजी हतियार नजिकैको प्रहरी कार्यालयमा राख्न निर्देशन गरिएको बताए।

सुनसरीमा ४ सय ८८ जनाले जिल्ला प्रशासन कार्यालय सुनसरीमा अनुमति लिएर हतियार घरमा राखेका छन्।

जिल्ला प्रशासनमा दर्ता गरी राखेका सबै हतियार र गोली बुझाउन निर्देशन गरिएको र अटेर गरे हतियार जफत गरिने प्रजिअ यादवले चेतावनी दिएका छन्।

उनले निर्वाचन सकिएको महिना दिनभित्र हतियार र गोली सम्बन्धित व्यक्तिलाई नै फिर्ता गर्ने बताएका छन्।

निर्वाचनमा अनुमति लिएर राखिएका हतियार पनि सुरक्षामा चुनौती हुने भन्दै उच्च सतर्कता अपनाएर हतियार सङ्कलन गर्न लागिएको प्रजिअ यादवको भनाइ छ। उनले प्रहरी मार्फत अनुमति लिएर हतियार राखेका व्यक्तिहरुलाई सूचना पुर्‍याइ सकिएको पनि जानकारी दिए।

प्रतिक्रिया दिनुहोस