६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनकोसीको पानी : पाँचखालका सात हजारलाई

अ+ अ-

काभ्रेपलान्चोक । पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम तीव्ररूपमा अघि बढेको छ ।

निर्धारित समयमै सक्ने गरी आयोजनाका भौतिक पूर्वाधारको काम धमाधम भइरहेको जनाइएको छ ।

पाँचखाल नगरका १० वडाका सात हजारलाई खानेपानी पुर्‍याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा पुगेको हो ।

कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण केही समय पर धकेलिएको आयोजनाको कामलाई तीव्र पारिएको छ ।

नगरमा खानेपानीको व्यवस्थाका लागि भुम्लु गाउँपालिका–१० बिमिरेस्थित सुनकोसी नदी किनारमा इनार निर्माणका साथै लिफ्टिङ प्रविधि जडान पानी तान्ने व्यवस्था गरिएको छ ।

हाल मूल र रिजर्भ ट्याङ्कीसम्म पहुँचमार्गको काम भइरहेको समितिका अध्यक्ष कुमार लामिछानेले बताए । उनका अनुसार आयोजनाको भौतिक पूर्वाधारको काम ६० प्रतिशत भइसकेको छ ।

कोरोना सङ्क्रमणका लहर तथा गत असार–साउनमा सुनकोसी नदीको बाढीले मुहान क्षेत्रका संरचनामा क्षति पुर्‍याएका कारण आयोजनाको काम केही धकेलिए पनि निर्धारित समयमै स्थानीयवासीका घरमा खानेपानी पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ थियो ।

परियोजनाका लागि २०७६ भदौ १२ गते सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो ।

आयोजना विसं २०७९ पुस महिनाभित्रै पूरा गर्नुपर्ने सम्झौतामा उल्लेख छ । आयोजनाको काम नेपाली कम्पनी कन्काइ विल्डर्स् र चिनियाँ कम्पनी हुवाछे (ज्वाइन्ट भेन्चर)ले गरिरहेका हुन् ।

निर्धारित समय सीमाभन्दा पहिल्यै काम सक्ने गरी सरोकारवाला सबै परिचालन भइरहेका जनाइएको छ ।

अध्यक्ष लामिछानेका अनुसार आयोजनामा कलेक्टर–वेल चार, सम्प–वेल दुई, भुईँ ट्याङ्की १६, ब्रेक प्रेसर ट्याङ्की छ, पानी प्रशोधन प्लान्ट -फ्लोकुलेटर दुई, प्लेन सेडिमेनटेसन ट्याङ्की दुई, र्यापिड–स्याण्ड फिल्टर एक, प्रसारण लाइन नौ दशमलव १३ किलोमिटर, शाखा प्रसारण लाइन ३७ दशमलव २३ किलोमिटर, वितरण लाइन १८९ दशमलव तीन किलोमिटर, कार्यालय भवन एक, गार्ड भवन १७, जेनेरेटर भवन पाँच, फायरहाइड्रेन्ट २०, इलेक्ट्रिकल तथा इलेक्ट्रोमेकानिकल कार्य तथा अन्य सम्बन्धित कार्यहरू, सरसफाइका संरचनाहरू र दुई शौचालय निर्माण भइरहेका छन् ।

उक्त आयोजनाका लागि रु दुई अर्ब २१ करोडको लागत अनुमान गरिए निर्माण कम्पनीले रु एक अर्ब ३४ करोड ६६ लाखमा सक्ने ठेक्का सम्झौता गरेको थियो । सम्झौता सर्तअनुसार कूल लागतको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस