१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दर्जन बढी सहसचिवको सरुवा

अ+ अ-

काठमाडौँ । एक दर्जन बढी सहसचिवको सरुवा गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले बिहीबार अतिरिक्त समूहमा रहेका दर्जन बढीको पदस्थापनसहित अन्य मन्त्रालय तथा प्रदेशका सहसचिवहरुको सरुवा गरेका हुन् ।

जसमध्ये अतिरिक्तमै रहेका तीन सहसचिवलाई अस्ति नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाई सकिएको छ भने बाँकी र अन्य मन्त्रालयका सहसचिवहरुलाईसमेत सरुवा गरिएको छ । आयोगले मागेका सहसचिवहरूमा नरहरि घिमिरे, तीर्थ सिलवाल र पार्वती शर्मा रहेका छन् । अख्तियारबाट बाहिरिनेमा को हुन् भन्नेबारे भने आजसम्म टुंगो लागेको छैन ।

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त सुचीअनुसार मन्त्रालयको अतिरिक्त समूहका दीपक लामिछानेलाई सामाजिक विकास मन्त्रालय सुदूर पश्चिममा सरुवा गरिएको छ भने त्यहाँकी सचिव रिता भण्डारी जोशीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा तानिएको छ । उनलाई कानूनविपरित प्रदेश सचिव खटाएको समाचार प्रशासन डटकमले प्रकाशित गरेको थियो ।

सम्बन्धित समाचार : सरुवाले विकृत बन्दै सामान्य प्रशासन

शशिधर घिमिरेलाई अतिरिक्त समूहबाट गृह मन्त्रालय, प्रदेश, राष्ट्रिय कितावखानाका दीपक घिमिरेलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा तान्दै त्यहाँ सङ्गीता ओझालाई पठाइएको छ ।

यसैगरी मन्त्रालयको अतिरिक्त समूहमा रहेकी सुशीला अर्याललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, कमल राज ढकाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आन्तरिक मामिला मन्त्रालय सुदूर पश्चिम प्रदेश, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहसचिव चन्द्रकला पौडेललाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पुर्‍याइएको छ ।

सहसचिव दिनेश सागर भुसाललाई कानुन, महिला तथा बालबालिका मन्त्रालय लुम्बिनीको सचिवमा पठाइएको छ ।

अतिरिक्तमा रहेका दिवस आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, प्रेम प्रसाद आचार्य अतिरिक्तबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेत, टेक बहादुर केसी अतिरिक्तबाट गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव महेश बराल भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस