५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा आयोगले पारदर्शिता बलियो बनाउनुपर्छ : प्रदेश प्रमुख गुरुङ

k|b]zk|d'v u'?ª u08sL, !! r}t M u08sL k|b]z nf]s;]jf cfof]usf] k|yd jflif{sf]T;jsf] pb3f6g ;df/f]xdf af]Nb} u08sL k|b]zk|d'v k[YjLdfg u'?ª . t:jL/M jf;'b]j kf}8]n÷/f;;
अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोक सेवा आयोगले आफ्नो पारदर्शिता र निष्पक्षतालाई अझै बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् ।

गण्डकी प्रदेश लोक सेवा आयोगको प्रथम वार्षिकोत्सव समारोहको आज पोखरामा उद्घाटन गर्दै उनले आयोगले आफूले अवलम्बन गरेको योग्यता, निष्पक्षता र स्वच्छताका मूल्य मान्यताको आधारमा प्रतिस्पर्धात्मक परीक्षा पद्धतिको माध्यमबाट योग्यतम व्यक्तिको छनोट हुन्छ भन्ने विश्वास नागरिकमा दिलाएको बताए । उक्त विश्वासमा अझै उचाइ थप्न गण्डकी प्रदेश लोक सेवा आयोग सफल हुने उनले विश्वास व्यक्त गरे ।

स्थानीय सार्वजनिक प्रशासनलाई सक्षम र सुदृढ बनाउन प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवाका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा कर्मचारी छनोट गर्ने दायित्व पूरा गर्दा आयोगका मूल्यमान्यतालाई आत्मसात् गरी योग्य व्यक्ति छनोट गर्ने कुरामा आयोग परिवार कटिबद्ध भएर लाग्ने गुरुङले बताए ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयतालाई चिनाउनका लागि प्रदेश लोक सेवा आयोगको भूमिका महत्त्वपूर्ण हुने बताए । सुशासनका लागि सक्षम, सबल कर्मचारीतन्त्र आवश्यक हुनेमा जोड दिँदै उनले प्रदेश लोक सेवा आयोगले यहाँको आवश्यकताअनुसार सक्षम जनशक्ति दिने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गण्डकी प्रदेशले अरु क्षेत्रमा जस्तै प्रशासनिक क्षेत्रमा पनि नेतृत्व गर्नुपर्ने उल्लेख गर्दै प्रदेश लोक सेवा आयोगले योग्यता, दक्षतायुक्त जनशक्ति पठाउने बताए । आयोग स्थापनाको एक वर्षमा भएका कामकारबाही प्रशंसनीय भएको उनको भनाइ थियो ।

प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता पृथ्वीसुब्बा गुरुङले आयोगको एक वर्ष उपलब्धिपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा प्रदेशमा आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउनका लागि आयोग सफल बन्ने विश्वास व्यक्त गरे ।

लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीले सङ्घीय निजामती ऐन बन्न नसक्दा समस्या आएको बताए । आयोगको भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।

गण्डकी प्रदेश लोक सेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले आयोगले आफ्ना काम अघि बढाएको र निष्पक्षता, पारदर्शितालगायत विषयमा आयोग प्रतिबद्ध भएको बताए ।

कार्यक्रममा आयोगका सदस्यद्वय योगेन्द्र गौचन र कल्पना लम्साल, प्रदेश लोक सेवा आयोग प्रदेश १ का अध्यक्ष उत्तमकुमार भट्टराईलगायतले आयोगको भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

उक्त अवसरमा उत्कृष्ट कर्मचारी शाखा अधिकृत सन्दीप ढुङ्गानालाई सम्मान गरिएको थियो भने आयोगको स्मारिका लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस