१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा भारु ५ सय र २ हजारका नोट चल्ने व्यवस्था गर्न निजी क्षेत्रको माग

अ+ अ-

काठमाडौँ । नेपालमा भारतीय रुपैयाँ ५ सय र २ हजारका नोट चल्ने व्यवस्थाका लागि निजी क्षेत्रले माग गरेको छ ।

संघीय संसद्अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि सुझाव लिन बोलाएको बैठकमा निजी क्षेत्रबाट यस्तो सुझाव आएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवम् महासङ्घको कर तथा राजस्व समितिका सभापति सन्दिप अग्रवालले नेपालमा भारतीय पर्यटकको सहजताका लागि भारु ५ सय र २ हजारका नोटको कारोबारलाई नेपालमा वैध बनाउनुपर्ने बताएका हुन् ।

विदेशी मुद्रा आर्जन गर्नका लागि पर्यटन प्रमुख क्षेत्र हो । भारतीय पर्यटकलाई नेपालमा सहजताका लागि त्यहाँका डेबिट र क्रेडिट कार्ड सहजरूपमा चल्न सक्नुपर्छ, अग्रवालले भने, भारु ५ सय र २ हजारका नोट पर्यटकले गोजीमै बोकेर आउँछन् ।

पर्यटन क्षेत्रको सेवा शुल्क हटाउने वा कम गर्ने, कृषिमा आयकर पूर्ण छुट दिनुपर्ने, हरेक नेपालीले शून्य दरमा सम्पत्तिको अभिलेखीकरण गर्न पाउनुपर्ने लगायतका विषय सम्बोधनका लागि पनि महासङ्घले सुझाव दिएको छ ।

समितिले निजी क्षेत्रसँग आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव तथा अहिले निजी क्षेत्रको माग गुनासो तथा समस्याबारे बुझ्नका लागि छलफल गरेको हो ।

छलफलका क्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भारु ५ सय र २ हजारका नोट नेपालमा चल्न दिँदा मुलुकलाई नै फाइदा हुने उल्लेख गरे । ‘अहिले डलर बेचेर भारु किन्नुपर्ने अवस्था नेपालको छ । यस्तो परिवेशमा हामीले भारतबाट नेपाल आउँदा बोक्न मिल्ने रकमको थ्रेस होल्ड भारु २५ हजारबाट भारु २ लाख ५० हजारसम्म बनाउन सकिन्छ, मल्लले भने, भारु ५ सय र २ हजारका नोट लाई पनि नेपालमा कारोबारको अनुमति दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस