८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावमा वामपन्थी पार्टीमा माओवादी पहिलो हुन्छ : मन्त्री पौडेल

अ+ अ-

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी वामपन्थी शक्तिमा पहिलो पार्टी हुने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) ढोरपाटन, निसी र तमानखोलाले आज आयोजना गरेको राजनीतिक एवं वैचारिक प्रशिक्षणमा मन्त्री पौडेलले आगामी निर्वाचनमा वामपन्थी शक्तिमा माओवादी पहिलो हुने बताए ।

उनले त्याग, तपस्या र जनताका लागि दुःख गरेको पार्टी माओवादी भएकाले प्रतिक्रियावादीले भ्रम फैलाइरहेको आरोप लगाए ।

‘माओवादी पार्टी अब चुनाव नजित्ने ठाउँमा पुगेको भन्ने प्रचार भइरहेको’ मन्त्री पौडेलले भने, ‘देशीविदेशी शक्तिले चौतर्फी हमला गरिरहेको छ ।’ पार्टीको महाधिवेशन सम्पन्नपछि पार्टी पुनः निर्माणको क्रममा रहेको भन्दै आगामी निर्वाचनमा पहिलो वामपन्थी शक्ति हुने बताए ।

जनक्रान्तिको कार्यभार अझै बाँकी रहेको भन्दै सुशासन र समृद्धि हुँदै समाजवादको यात्रामा रहेको बताए । संविधानको प्रस्तावनामा जनताको मौलिक हक अधिकारको कुरा लेख्ने पार्टी माओवादी भएको भन्दै अहिलेका स्थापित मुद्दाको मार्गचित्रमा माओवादी भएको उल्लेख गरे ।

‘हामीले बलिदान, त्याग र तपस्या र आत्म बलिदान नगरेको भए अहिलेको परिवर्तन आउने थिएन’, उनले भने, ‘माओवादीले प्राप्त गरेको उपलब्धि जीवन्त रहन्छन् । माओवादी पार्टीबाट सरकारको जिम्मा लिनुभएका साथीले धोका दिए ।’ उनले भने, ‘वैचारिक बहस थियो तर सरकारमै सहभागी भएर जिम्मेवारी लिएर धोका दिएका कमरेड अहिले माओवादीलाई सराप्दै हिँडेका छन् ।’

मन्त्री पौडेलले आगामी निर्वाचनमा हामी आफ्नै बलबुतामा चुनाव लड्नु प्रमुख भएको भन्दै जनताका काममा थप लाग्न आग्रह गरे । हिजोको स्थितिमा माओवादी नभएको भन्दै पार्टी पहिलेभन्दा सुदृढीकरण भएको उनको दाबी छ ।

एमसीसीको बारेमा भ्रम सिर्जना भइरहेको बताउँदै कानुनअनुसार एमसीसी लागू हुने बताए । ‘जनताले उठाएका १२ बुँदे प्रश्नलाई कानुन बनाएर पास गरेका छौँ’, उनले भने, ‘कानुनको अङ्ग एमसीसी भएको छ । सहमति अनुसार नभए एक महिनाभित्र खारेज हुन्छ ।’

माओवादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरेले पार्टी निर्माण गर्न पार्टीको विचारलाई सही तरिकाले जनतामा पुर्‍याउनुपर्ने बताए । उनले पार्टीको विचार, कार्ययोजना, नीति जनतामाझ पुर्‍याउनुपर्ने भन्दै चुनाव केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरे ।

माओवादी पार्टी विरुद्ध संयन्त्र भइरहेको भन्दै सहिद तथा बेपत्ताको व्यवस्थापनका लागि पार्टीले सरकारसँग पहल गरिरहेको उनले बताए । कार्यक्रममा प्रदेश समिति सदस्य प्रेम घर्तीमगर, राजिव घिमिरे, चन्द्र अर्याल, नरेन्द्र छन्त्याल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस