७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धुलो नियन्त्रण गर्न माग गर्दै सडक अवरुद्ध

अ+ अ-

कञ्चनपुर । सडकमा धुलो उड्न थालेपछि स्थानीय व्यवसायीले कलुवापुर–बेलौरी सडकखण्डको कलुवापुर चौराहमा शनिबार सडक अवरुद्ध गरेका छन् ।

निर्माणाधीन सडकमा धुलोका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुन थालेपछि व्यवसायीले सडक अवरुद्ध गरेका हुन् ।

‘धुलोका कारण सवारीसाधन सञ्चालन गर्दा यात्रुलाई समेत कठिनाइ हुन थालेको छ’, अटोचालक धिरज कार्कीले भने, ‘सवारी दुर्घटनाका घटनासमेत बढ्ने सम्भावना भएपछि सडक अवरुद्ध गरेका छौँ । शनिबार एक घण्टा मात्रै सडक अवरुद्ध गरिएको छ । आजदेखि चार घण्टाका दरले सडक अवरुद्ध गर्छौँ ।’

कलुवापुर बजार क्षेत्रमा पसल सञ्चालन गर्दै आएका व्यवसायी हरिसिंह सेटीले पसलमा राखेको सामान धुलोका कारण बिग्रन थालेको र पसलमा बस्नै नसकिने अवस्था आएपछि सडक अवरुद्ध गरिएको उनले बताए ।

वडा कार्यालयमा पटक–पटक धुलो नियन्त्रणका लागि गुहार्दासमेत सुनुवाइ हुन नसकेपछि बाध्य भएर सडक अवरुद्ध गरिएको स्थानीय व्यापारी कर्ण महराले बताए ।

स्थानीय व्यवसायीले धुलो नियन्त्रणका लागि सडकमा पानी छर्कने व्यवस्था मिलाउन माग गरेका गरेका छन् ।

हावाहुरी चल्ने मौसम सुरु भएसँगै निर्माणाधीन सडकमा गुड्ने सवारीसाधनका कारण सबैभन्दा बढी सडकछेउमा व्यापार गर्ने व्यवसायी प्रभावित भएका छन् ।

धुलोका कारण अधिकांशमा श्वासप्रश्वाससम्बन्धी समस्यासमेत देखिन थालेको व्यवसायीहरूको भनाइ छ । सडक निर्माणको जिम्मा थेगिम कन्ट्रक्शनले पाएको छ ।

‘सडक निर्माणको सम्झौतामै कम्पनीले पानी छर्कने व्यवस्था राखिएको हुन्छ’, स्थानीय व्यवसायी भन्छन्, ‘निर्माण कम्पनीले बेवास्ता गर्दै आएको छ ।’

वडाध्यक्ष दिलबहादुर बुढाले निर्माण कम्पनीलाई पानी छर्कनका लागि आग्रह गर्दा केही दिन पानी छर्कियो, त्यसपछि पानी नछर्कँदा सडकमा धुलो उड्न थालेपछि समस्या भएको जानकारी दिए ।

निर्माण कम्पनीका कर्मचारी नारायण कँडेलले पानी छर्कनका लागि ट्याङ्की पठाइएको बताए ।

‘बजेट अभावले सडक निर्माणको कार्य रोकिएको छ ।सानो ट्याङ्कीले पानी हाल्दा पुरै सडक भिजेन होला’, उनले भने, ‘काम अवरुद्ध भएपछि पानी छर्कने कार्य नियमित भइरहेको छ । अझै पानी छर्कनका लागि तत्कालै पानीको व्यवस्था गर्छौँ ।’

प्रतिक्रिया दिनुहोस