७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसीसीका विषयमा छरिएको भ्रमका पछि नलाग्न सञ्चारमन्त्रीको आग्रह

अ+ अ-

इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना विकास परियोजना भएको बताएका छन् ।

नेपाली काँग्रेस क्षेत्र नं ४ सुनसरीले कोसी गाउँपालिकामा आयोजना गरेको ‘घर–घर जाऊँ, काँग्रेस जिताऊ’ अभियान कार्यक्रमलाई हिजो (शनिबार) सम्बोधन गर्दै उनले एमसीसी परियोजनाका विषयमा छरिएको भ्रममा कुनै किसिमको सत्यता नभएका कारणले त्यसको पछि नलाग्नका लागि सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

उक्त परियोजना केवल विकास परियोजना भएको र यसमा आउने अनुदान रकमबाट पूर्वाधार विकास, सडक र विद्युतको ट्रान्समिसनलाइन विस्तारमा खर्च हुने भएकाले यो केवल विकास परियोजना मात्र भएको मन्त्री कार्कीले बताए ।

एमसीसी परियोजनाबाट ७७ किलोमिटर अन्तर्राष्ट्रियस्तरको बाटो निर्माण गर्ने लक्ष्य रहेको उनले बताए। गरिबी निवारण गरेर देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले उल्लेख गरे ।

उनले एमसीसीका कारणले अमेरिकन सेना आउने भन्ने भ्रममा कुनै किसिमको सत्यता नभएको जनाउँदै यसले मुलुकको समृद्धिका लागि ढोका खोल्ने कार्य गरेको बताए । मन्त्री कार्कीले एमसीसी परियोजना मुलुक, नेपाली जनता र राष्ट्रको हितमा रहेको दाबीसमेत गरे ।

कार्यक्रममा सङ्घीय सांसद सीताराम मेहता, नेपाली काँग्रेस सुनसरीका सभापति केदार भण्डारी, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, उपप्रमुख जमुना गौतम पोखरेल, कोसी गाउँपालिका सभापति अयुव अन्सारी, उपाध्यक्ष अनितादेवी यादव, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहतालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्या गरेर सयौँ नेता तथा कार्यकर्ताले नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस