८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यक्ष ओलीले वाङसँगको भेटमा उठाए आधा दर्जन विषय

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)अन्तर्गतका परियोजना छिटो अघि बढाउनेसहित नेपाल सरोकारका आधा दर्जन विषयमा चिनियाँ स्टेट काउन्सिलर तथा परराष्ट्र मन्त्री वाङ यीसँगको छलफलमा उठाएका छन् ।

होटेल म्यारिएटमा भएको भेटमा अध्यक्ष ओलीले परियोजनाहरूलाई चाँडो अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

एमाले विदेश विभागका प्रमुख राजन भट्टराईले भने,‘दुई पक्षीय मामिलाका सबै विषयमा कुराकानी भए । नेपाल चीनबिचका समझदारीमाथि छलफल भए । बिआरआई अन्तर्गतका योजनाहरू अघि बढाउन र गति दिनका लागि हाम्रो जोड रह्यो ।’

करिब ५० मिनेट भएको भेटमा अध्यक्ष ओलीले बन्द रहेका नाकाहरू खोल्न, कोरोनाका कारण बिचमै अध्ययन छाडेर नेपाल फर्किएका विद्यार्थीहरूले अध्ययन पूरा गर्ने वातावरण बनाउन, हुम्लाको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरूलाई फर्किने वातावरण बनाउन, कोरोला नाकामा भौतिक पूर्वाधार विकास, कोभिडको नियन्त्रणका लागि सहयोग विषयमा छलफल गरेका थिए ।

अहिले नेपालीले भोगिरहेका समस्याका विषयमा पनि चिनियाँ विदेश मन्त्रीसँग आग्रह गरिएको बताइएको छ ।

चिनियाँ विदेश मन्त्री वाङले सबै विषयलाई सकारात्मक रूपमा लिएको र समाधान लागि प्रयास जारी रहने जानकारी गराएका थिए । उनले भने,‘समाधान गर्न पहल हुन्छ । हामी समस्या समाधानको प्रक्रियाका लागि केही समय लाग्न सक्छ तर, समस्याको समाधान हुन्छ भनेर उहाँले भन्नुभयो’ भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस