६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह

अ+ अ-

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेता तथा उद्योगी व्यवसायीले नेपालमा लगानीको उचित वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न गैर आवासीय नेपालीलाई आग्रह गरेका छन् ।

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ विश्व सम्मेलन तथा महाधिवेशनको समापनका अवसरमा आइतबार आयोजित कार्यक्रमका वक्ताले विश्वभर छरिएर रहेका नेपालीले आर्जन गरेको सीप, पुँजी र प्राविधिक ज्ञानलाई नेपालको विकासका निम्ति लगानी भित्र्याउन आग्रह गरेका हुन्।

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विदेशमा रहेका नेपालीले स्वदेशमा लगानी भित्र्याउने उपयुक्त वातावरण बनेको भन्दै त्यस प्रयोजनका निम्ति आवश्यक सहजीकरण गर्न सरकार तथा राजनीतिक दल तत्पर रहेको धारणा राखे ।

काङ्ग्रेसकै महामन्त्री गगनकुमार थापाले नेपाललाई समुन्नत बनाउन गैर आवासीय नेपालीको महत्त्वपूर्ण भूमिका रहेको भन्दै थोरैभन्दा थोरै लगानीमैत्री वातावरण बनाउन सरोकारवालाको ध्यानाकर्षण गराए।

संविधानसभाका पूर्व सभामुख एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले नेपालमा जस्तो सुकै असहज र कठिन अवस्था आइपर्दा नेपालका राजनीतिक दल एक ठाउँमा उभिएर सुझबुझपूर्ण निर्णय गर्दै आएको स्मरण गराउँदै अहिले पनि असहमतिका विषयलाई एकै थलोबाट समाधान खोज्ने वातावरण रहेको उल्लेख गरे ।

उनले संविधानले सुनिश्चितता गरेको गैर आवासीय नेपालीको नागरिकतासम्बन्धी विषयलाई छिट्टै कानुन बनाएर सम्बोधन गर्न पनि राजनीतिक दल एकमतका साथ लाग्ने विश्वास दिलाए ।

नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नयाँ पूर्वाधार, शिक्षा, आधुनिक प्रविधिको नयाँ क्षेत्रको व्यवसायमा लगानी गर्न गैर आवासीय नेपालीलाई आग्रह गरे ।

गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो र अर्का अध्यक्ष जिबा लामिछानेले मातृभूमिको समृद्धिका निम्ति सङ्घ सदैव प्रतिबद्ध रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण सिर्जना भएको भन्दै जलविद्युत्, पूर्वाधार, पर्यटन, जडीबुटी आदि क्षेत्रमा लगानी गर्न र विदेशी लगानी भित्र्याउन पनि गैर आवासीय नेपालीलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस