८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिदेशीय टी-२० शृङ्खलामा नेपाल र पीएनजी आज खेल्दै

अ+ अ-

काठमाडौँ। घरेलु मैदानमा दुवै एक दिवसीय खेल हारेको नेपाल फरक फर्म्यायाटमा फरक नतिजाको अपेक्षासहित त्रिदेशीय टी-२० शृङ्खलाको पहिलो खेलमा आज पीएनजीसँग खेल्दै छ ।

टी-२० शृङ्खलामा नेपाल र पीएनजीसहित मलेसियासमेत सहभागी छ । तीन टिमबीच एक आपसमा दुई-दुई खेल हुनेछ र शीर्ष दुई टिमबीच फाइनल खेल हुनेछ ।

यस पटक नेपाली टिममा युवा खेलाडीहरूको बाहुल्य छ । २१ वर्षीय सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टिममा सबैभन्दा सिनियर खेलाडीको रूपमा सोमपाल कामी र करण केसी हुनेछन् ।

यसअघि पीएनजीसँग खेलेका सन्दीप र सोमपालसहित ७ खेलाडी टी-२० शृङ्खलामा पनि टिममा छन् ।

करण केसी, आसिफ शेख, अविनाश बोहरा, विवेक यादव, दिलीप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी टी–२० टोलीमा छन् । यू-१९ एसिया कप खेलेका आदिल पहिलो पटक सिनियर टिममा परेका हुन् । यसअघि देव खनालले एक दिवसीमा डेब्यु गरेका थिए ।

पारस खड्काको पुस्ताका खेलाडीविना नेपालको सिनियर टिमले पहिलो पटक खेलिरहेको छ ।

एक महिनाअघि ओमानमा भएको टी-२० विश्वकप छनोटमा खेलेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल यस पटक दुवै फर्म्याटको टिममा परेनन् ।

पुस्ता हस्तान्तरणको प्रक्रियामा रहेको नेपालले एक दिवसीयमा पीएनजीसँग दुवै खेलमा पराजित हुँदा युवा खेलाडीको लागि विभिन्न सकारात्मक पक्षहरू समेत थिए । रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले पीएनजीविरुद्ध शतक प्रहार गरे । रोहित टी-२० टिममा भने छैनन् ।

एक दिवसीय खेल गुमाए पनि त्यसका सकारात्मक पक्षलाई आत्मसाथ गर्दै नेपाली टोली पीएनजीविरुद्ध मैदान उत्रदैंछ ।

पीएनजीविरुद्ध नेपालले यसअघि जम्मा एक मात्र टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । सात वर्षअघि भएको उक्त खेलमा नेपाल पराजित भएको थियो ।

सन् २०१५ मा आयरल्यान्डमा भएको टी(२० विश्वकप छनोटमा नेपाल पीएनजीसँग ८ विकेटले पराजित भएको थियो । नेपालले दिएको ९४ रनको लक्ष्य पीएनजीले २ विकेट गुमाएर ३५ बल बाँकी छँदै पूरा गरेको थियो । उक्त खेल खेलेका सोमपाल कामी र करण केसी मात्र अहिले नेपाली टिममा छन् ।

प्रतिक्रिया दिनुहोस