६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको केन्द्रीय समिति बैठक : आज गठबन्धनबारे सैद्धान्तिक निर्णय लिइने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आज (मंगलबार) पनि बस्दै छ । सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बस्ने बैठकले आसन्न स्थानीय तह निर्वाचनको तयारीका बारेमा निर्णय लिनेछ ।

यसअघि गत शुक्रबार, आइतबार र सोमबार बसेको बैठकमा केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य र ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूले चुनावको तयारीका विविध विषयमा धारणा राखिसकेका छन् ।

प्रवक्ता प्रकाशशरण महतले सोमबारसम्म सबैले बोल्ने क्रम सकिएकाले अब मंगलबारको बैठकबाट प्रस्ताव पारित गर्ने काम हुने बताए ।

‘सबै नेताहरूले धारणा राखिसक्नुभएको छ, हामी लगभग निष्कर्षमा पुगेका छौँ,’ प्रवक्ता महतले भने, ‘आजको बैठकमा सभापतिज्यूले चुनावको तयारीका विषयमा प्रस्ताव पेस गर्नुहुन्छ । र त्यसलाई पारित गरेर बैठक सकिन्छ ।’

बैठकमा मुख्यतः चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा मतभेद छ । सभापति शेरबहादुर देउवा र उनीनिकट नेताहरूले गठबन्धन गर्नुपर्नेमा जोड दिएका छन् भने नेता शेखर कोइराला र उनीनिकट नेताहरूले गठबन्धन गर्न नहुने पक्षमा जोड दिएका छन् ।

प्रवक्ता महतले बैठकमा फरक मत आए पनि बाहुल्य नेताहरूको धारणालाई मध्यनजर गर्दै मंगलबार बस्ने बैठकले आसन्न निर्वाचनमा गठबन्धन गर्नेबारे सैद्धान्तिक निर्णय लिने बताए ।

‘गठबन्धनको मोडालिटी कस्तो हुने ? कसरी गर्ने भन्नेबारे थप तयारी गर्नुपर्ने हुनसक्छ, तर अब हामी गठबन्धन गर्नुपर्छ भन्ने सैद्धान्तिकरुपमा निष्कर्षमा पुगेका छौँ,’ उनले भने ।

बैठकमा संसदीय समिति गठन गर्नेबारे समेत छलफल हुने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस