२० हजार लिटर डिजेल बोकेको ट्याङ्कर तनहुँमा दुर्घटना « प्रशासन
Logo २१ असार २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

२० हजार लिटर डिजेल बोकेको ट्याङ्कर तनहुँमा दुर्घटना


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ । बाराको अमलेखगन्जबाट इन्धन बोकेर पोखरा जाँदै गरेको ट्याङ्कर तनहुँमा दुर्घटना भएको छ । २० हजार लिटर डिजेल बोकेर अमलेखगन्जबाट छुटेको ट्याङ्कर तनहुँको बन्दीपुर गाउँपालिका नयाँ बस्तीमा मङ्गलवार दुर्घटनामा परेको नेपाल आयल निगमले जनाएको छ ।

सडक छेउको खोल्सा नजिक पल्टिएर भएको दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको निगमले जनाएको छ । दुर्घटनामा परेको ना ८ ख ०३२६ नम्बरको ट्याङ्करबाट चुहिएको तेल जम्मा गर्न अहिले स्थानीयहरू तँछाडमछाड गरिरहेका छन् ।

बाल्टी र ग्यालिन बोकेर ट्याङ्करबाट चुहिएको तेल भर्न मानिसको लाइन लागेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

अति प्रज्वलनशील पेट्रोलियम पदार्थ सङ्कलन गरिनु जोखिम हुने भन्दै निगमका प्रवक्ता विनितमणि उपाध्यायले तेल नउठाउन स्थानीयलाई आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस