८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन दर्जन उपसचिवको सरुवा

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब तीन दर्जन उपसचिवहरूको सरुवा गरेको छ ।

मन्त्रालयले अतिरिक्तमा रहेका २६ सहित विभिन्न निकायमा कार्यरत गरी ३३ उपसचिवहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेको उपसचिव ओम प्रसाद भट्टराईलाई गृह मन्त्रालय वा अन्तर्गत, सोमनाथ गौतमलाई मौलापुर नगरपालिका, रौतहट, ओम बहादुर अधिकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत, टेक प्रसाद पुलामी आदिवासी जनजाति आयोग, ललितपुर, राधा देवकोटा(उपाध्याय) भूमि व्यवस्था, सहरकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत, इन्दिरा आचार्यलाई अतिरिक्तमै काजमा राखी राष्ट्रिय भूमि आयोग, ताहाचल, रमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सरुवा गरिएको छ ।

यसैगरी मधु अर्याल(खनाल) को भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नीरा अधिकारीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय वा अन्तर्गत, निराजकुमार खत्री भंगाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, महोत्तरी, खड्क बहादुर श्रेष्ठ गृह मन्त्रालय वा अन्तर्गत, रामकृष्ण अधिकारी अतिरिक्तमै दरबन्दी कायम गर्दै पोखरा महानगरपालिकामा कामकाज, लक्ष्मीदेवी शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ ।

त्यस्तै उपसचिव रमिला भण्डारीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत, दीपक ढकाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, याम नारायण गौली भिमदत्त नगरपालिका, कञ्चनपुरको प्रमुख प्रशासकीय अधिकृत, राम बहादुर के.सी. चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोकको प्रमुख प्रशासकीय अधिकृत, वृद्धि बहादुर खत्री मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश वा अन्तर्गत, शुकदेव लम्साल अतिरिक्तकै दरबन्दीबाट भरतपुर महानगरपालिका चितवन, कृष्ण थापा देवचुली नगरपालिका नवलपरासी(ब.सु.पु.)को प्रमुख प्रशासकीय अधिकृत, अमृत बहादुर राई सुखिपुर नगरपालिका सिराहाको प्रमुख प्रशासकीय अधिकृत, दशरथ राई बहुदरमाई नगरपालिका पर्साको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।

उपसचिव गोविन्द सिग्देल र फणीन्द्र प्रसाद पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश वा अन्तर्गत,शशि राई दमक नगरपालिका झापाको प्रमुख प्रशासकीय अधिकृत र त्यहाँका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिनालाई मन्त्रालयको अतिरिक्तमा राखिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रकाश आचार्यलाई बनेपा नगरपालिका काभ्रेपलान्चोक खटाउँदै त्याहा कार्यरत कविराज उप्रेतीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरुवा गरेको छ । उपसचिव दीपक कोइरालाको सङ्घीय अतिरिक्तबाट नमोबुद्ध नगरपालिका काभ्रेपलान्चोक, टीकाराम ढकाललाई सहरी विकास मन्त्रालयबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत, धर्मराज बिनाडीलाई भजनी नगरपालिका, कैलालीबाट जिल्ला समन्वय समितिको कार्यालय कैलालीमा सरुवा गरिएको छ ।

मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव विवेक घिमिरेलाई अतिरिक्त ल्याउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सरोज कुमार पोख्रेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ ।

पछिल्लो समय सरकारको कामै भनेको सरुवा जस्तै देखिएको छ । कर्मचारीका लागि अति आवश्यक र महत्त्वपूर्ण सङ्घीय निजामती सेवा ऐन ल्याउने भन्दा यताका उता र उताको त्यता कर्मचारी घुमाउँदैमा ठिक्क हुँदा स्थायी संयन्त्रसमेत भनिने कर्मचारीतन्त्र थप अस्थिर बनेको प्रशासनविद्हरूको भनाई छ ।

प्रतिक्रिया दिनुहोस